• ‘द अनब्रेकेबल अगस्त्य’ नाजिर र मलिका अनुबन्धित

    म्यूजिक खबर
    प्रकाशित: २४ माघ २०७९, मंगलवार

    काठमाडौंँ । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’ का लागि अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् ।

    फिल्मको मुख्य भूमिकाको लागि निर्माण टिमले यी कलाकारसँग सम्झौता गरेको हो । निर्माण युनिटले फिल्मको पोष्टर सार्वजनिक गर्दै कलाकारमा भित्रिएको जनाकारी दिएका छन् ।

    दुई च्याप्टरमा निर्माण हुने फिल्मका लागि केही अगाडि अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए । सौगात, नाजिर र मलिकाको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ ।

    यी तीनै जना कलाकारले पहिलो पटक एक अर्कासँग काम गर्न लागेका हुन् । तर, मलिका फिल्ममा कसको जोडी बनेर देखिनेछिन्, त्यो भने खुलाइएको छैन । फिल्ममा सौगात र नाजिर एक्सन भूमिकामा देखिनेछन् ।

    फिल्मको कथा निर्देशक स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ । फिल्मको छायांकन राजेश श्रेष्ठ हुन् ।

    फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए ।

    फिल्ममा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ । चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । आगामी बैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु