‘द भ्वाइस किड्स नेपाल’ का निर्णायकहरु सार्वजनिक, आइतबारबाट ब्लाइन्ड अडिसन

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७८, बिहीबार

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा चारजना निर्णायक सार्वजनिक भएका छन् ।‘द भ्वाइस किड्स नेपाल’ ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना निर्णयकको तस्विर राख्दै यसबारे जानकारी दिइएको हो ।

‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक प्रमोद खरेल र राजु लामा साथै गायीका प्रविशा अधिकारी र मिलन नेवार रहनेछन् ।

नेपाली संगीत जगतमा नयाँ आयाम थप्ने प्रयासका साथै नेपाली बालबालिकाको प्रतिभालाई विश्व सामु राख्ने उद्देश्यले यो कार्यक्रम ल्याईएको जनाइएको छ ।

हिमालय टीभी एचडीले आयोजना गर्न लागेको ‘द भ्वाइस किड्स’मा ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाले सहभागिता जनाउने छन् । हिमालय टीभीले ‘द भ्वाइस किड्स’ प्रसारणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

‘द भ्वाइस किड्स’को पहिलो अडिसन सकिएको छ । अडिसनबाट छानिएका बालबालिका अहिले ‘ब्लाइन्ड अडिसन’को तयारी गरिरहेका छन् । आउँदो आइतबारबाट ‘ब्लाइन्ड अडिसन’को छायांकन सुरु हुनेछ । प्रसारण भने कात्तिकबाट सुरु गर्ने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु