‘द भ्वाइस अफ नेपाल’ सिजन–६ को ग्राण्ड फिनाले आज, को बन्ला विजेता ?

म्यूजिक खबर
प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार २०:१४

काठमाडौं । चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–६ को ग्राण्ड फिनाले आज (शुक्रबार) हुँदैछ । ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिनेछ ।

फिनाले राति ८ बजेदेखि सुरु हुनेछ । उपाधिका लागि चार जना प्रतियोगी एक आपसमा भिड्दैछन् ।

टिम मेलिना राईबाट रोशन राई, टिम खेम सेन्चुरीबाट प्रोसेस पोण्डे, टिम राजु लामाबाट प्रमेश राई र टिम उदय सोताङबाट अर्पना आचार्य रहेका छन् ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यी चारजनामध्ये एक जनाले ‘द भ्वाइस अफ नेपाल’ सिजन -६ को उपाधि प्राप्त गर्नेछन् ।

यस अघि सेमिफाइनलको एपिसोडमा इन्द्रकला राई ‘भ्वाइस अफ नेपाल’ छैटौं सिजनको प्रतिस्पर्धाबाट बाहिरिए पछि यी ४ प्रतिस्पर्धी बाँकी रहेका हुन् ।

यीमध्ये एकजनाले नै आज हुने ग्राण्ड फिनालेमा उपाधि जित्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु