• तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्डमा पत्रकार श्रेष्ठ सम्मानित

    म्यूजिक खबर
    प्रकाशित: ७ असार २०८०, बिहीबार

    काठमाडौं । शिखर नेपाल तथा डच मिडियाको आयोजनामा आयोजित ‘तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड तथा शिखर सम्मान समारोह –२०८०’ बिहिबार नाचघर जमलमा सम्पन्न भएको छ । बागमती प्रदेश, कृषि तथा पशुपंछि विकाश मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रमको कृषि तथा पशुपंछि बिकाशमन्त्री वेदुराम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । मन्त्री भुसालको हातबाट वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो भने उहाँ लगायत विभिन्न विधाका व्यक्तित्वहरुलाई समेत सम्मान प्रदान गरिएको थियो ।
    पछिल्लो पल्ट मुलुकलाई कृषि बस्तु,मासु तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर होस भनेर कृषिकर्ममा लागेका कृषि उद्यमीहरुको सम्मानमा कृषक अवार्ड कार्यक्रमहरु आयोजना गर्दै व्यवसायीक कृषिउद्यमीहरुलाई अवार्ड तथा सम्मान प्रदान गर्दै आइरहेको छ ।
    ‘शिखर व्यक्तित्व सम्मान – २०८०’ बाट सम्मानित हुनेहरुमाः इश्वर चन्द्र पोखरेल – वरिष्ठ अधिवक्ता, डि पिआत्रेय – अस्तीत्व व्यवस्थापन शास्त्रका संस्थापक, डा. ओम कृष्ण प्रसाई – खेल कुद विज्ञ, उत्तम के.सी. – प्रख्यात हाँस्यकलाकार, हेमराज बडाल – कृषि प्रविधि वितरक, कृष्ण भुसाल – संचारकर्मी, गोपाल थापा – कृषि उद्यमी, रामचन्द्र ढकाल – साहित्यकार, कृष्ण बन्धु अर्याल – संचारकर्मी, सरोज अधिकारी – संचारकर्मी, मञ्जु गरुङ्ग – समाजसेवी, ध्रुव न्यौपाने –व्यवसायी, शिवलाल भुर्तेल – समाजसेवी, उदयबहादुुर के.सी. – समाजसेवी तथा संचार व्यवसायी, अतुल उपाध्याय –खाद्य तथा पोषण विज्ञ, गोविन्द न्यौपाने – कृषि उद्यमी, सूर्यभक्त ओझा – कृषि व्यवसायी रहेका छन् ।
    कार्यक्रममा गार्ई भैसी र चौरी, मत्स्यपालन, फलफूल उत्पादन, भेडा, बाख्रा, च्याङग्रा तथा बङगुर पालन व्यवसाय, नर्सरी तथा पुष्प व्यवसाय, पोल्ट्रि व्यवसाय र तरकारी उत्पादन गरी सात बिद्यामा अवार्ड प्रदान गरिएको थियो । अवार्ड पाउनेहरुमा नेत्रमणि दनाई ‘दनाई गाई पालन व्यवसायिक फर्म’ चितवन, लक्ष्मण गुरुङ्ग÷अमृत गरुङ्ग ‘गण्डकी ट्राउट फर्म’ पोखरा, विनोद पोखरेल ‘दाउन्ने एग्रो फर्म’ नवलपुर, समराज गुरुङ ‘एग्रो मनाङ प्रा.लि.’ मनाङ, पासाङ तामाङ ‘एन.आर.एग्रो फर्म’ रसुवा, राजु शाही र प्रभा थापा ‘एभरेष्ट फ्लावर’ काठमाडौं, भरत के.सि.‘हिमाली पोटेटो रिसर्च एण्ड डेभलपमेण्ट सेन्टर’ रामेछाप रहेका छन् ।
    शिखर वर्ष सम्मान २०८० बाट शिखर शिक्षा वर्ष सम्मान, इन्करेजमेन्ट अवार्ड, यूथ इन्टरप्रेनर अवार्ड, एग्रो इको टुरिजम अवार्ड समेत प्रदान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु