‘ठगराज’ को गीतमा दीपकको संगीत, प्रताप र दीपाको स्वर

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७८, सोमबार

काठमाडौं । चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ्ग सम्पन्न भएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत रहेको छ । ‘माया बसेको रैछ’ बोलको गीतको शब्द सुवेदीले नै लेखेका हुन्। गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् । माया प्रेमको गीतमा प्रताप र दीपाको स्वर रहेको छ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने चलचित्र जेठमा छायाँकन गर्ने तयारी रहेको छ । सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको कलाकार तथा प्राबिधिक टिम छनोट कार्य भई रहेको निर्देशक सुवेदीले बताए । सुवेदीले सामाजिक कथा, जीवनको यथार्थसँगसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन चलचित्रमा हुने दाबी गरे । चलचित्रको वितरण आर आर फिल्मसले गर्नेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु