खुमन, सिता, अमृता, मञ्जु र सावित्रीलाई ʻतिहारको रन्कोʼ हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १५ कार्तिक २०७५, बिहीबार

काठमाडौं। लोकदोहोरी गायक खुमन अधिकारी, सिता थापा, अमृता लुङगेली मगर, मञ्जु गौतम र सावित्री भुजेलले संयूक्त रुपमा ʻतिहारको रन्कोʼ बोलको देउसी भैलो गीत स्रोता तथा दर्शकसामु ल्याएका छन् ।

गीतमा खुमनसंगै सिता थापा, अमृता लुङगेली मगर, मञ्जु गौतम, सावित्रा भुजेल बस्नेतले स्वर दिएका छन् । गीतमा खुमन कै शब्द तथा संगीत छ ।

मौसम हिमालीको निर्देशनमा बनेको भिडियोमा खुमन, सुस्मिता सापकोटा, मञ्जु, सावित्रा लगायतलाई देखाइएको छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन्।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु