टिका मगरको ‘दशैँ आयो तिहार आयो’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७६, आईतवार

काठमाडौं । नेपालीहरुको महान चार्ड बडा दशैँ , तिहार नजिकिदै गर्दा दशैँतिहार सम्बन्धि धेरै गीतहरु सार्वजनिक भैरहेका छन । यही बेला गायक टिका मगरको चाड पर्ब बिशेष गीत ‘दशैँ आयो तिहार आयो’ सार्वजनिक भएको छ । उक्त गीतमा उनका आफनै दार्इ निर्मल मगरको शब्द रहेको उक्त गीतमा मोहन मगरको संगीत रहेको छ भने रोशन बान्तवाको संगीत संयोजन रहेको छ । उक्त गीतको भिडियोलाइ निर्देशन मोहन मगरले नै गरेका हुन भने सोही गीतको भिडियोमा गोपाल ,सागर ,रकी ,प्रविन लगायतका कलाकाहरुको अभिनय रहेको छ ।

दिपक गिरीको क्यामेरा र निशान एस के को सम्पादन रहेको भिडियोलाई एम आर क्रियशनले निर्माण गरेको हो । उक्त गीतलाई हाइलाइट्स नेपालको युट्बच्यानलबाट सार्वजनिक गरिएको हो । गायक मगरका अरु पनि गीतहरु रेकर्ड हुदै गरेको र अब केहि समय पछि अन्य गीतहरु भिडियो निर्माण गरिने गायकका दाई संगीतकार मोहन मगर जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु