लोक पौडेल र टिका प्रसाईंको स्वरमा ‘आयो दशैँ’ सार्वजनकि

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७६, सोमबार

काठमाडौं । लोक पौडेल र टिका प्रसाईंको स्वरमा रहेको ‘आयो दशैँ’ गीत सार्वजनकि भएको छ । उक्त गीतमा हरि उप्रेतीको शब्द रहेको छ भने विकास चौधरीको सङ्गीत रहेको छ । ‘आयो दशैँ’ बोलको गीतको भिडियोलाई उषा मलाहाले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा रिमा विश्वकर्मा र दिक्पाल कार्कीको अभिनय रहेको छ । कमल राईको कोरियोग्राफी रहेको छ भने शिव ढकालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ । फिल्मी शैलीमा तयार पारिएको भिडियोलाई गायिका प्रसाईंकै निजी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । अमेरिकामा बस्दै आएका गायक पौडेल झन्डै एक दशकदेखि नेपाली सङ्गीतमा सक्रिय छन् । उनले चलचित्र ‘निलकाँडा’, ‘पूर्णिमा’ र ‘रिजन अफ रिया’ मा पाश्र्व गायन गरिसकेका छन् । पौडेलले हालसम्म दुई एल्बम बजारमा ल्याइसकेका छन् भने दर्जन बढी कलेक्सन एल्बममा आफ्नो स्वर दिइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु