कसलाई भन्दैछिन् गायिका टिका प्रसाईं– ‘नतोडन ति बाचाहरु’ ?

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार

काठमाडौं । गायिका टीका प्रसाईं यतिबेला नतोडन ति बाचाहरु भन्दै देखा परेकीछिन् । गायिका टिका प्रसाईं माया लुकी लुकी गीत मार्फतथ १० करोड भ्युज पाउने पहिलो गायिका हुन् । उनका थुप्रै गीतले सांगीतिक बजारमा सफलता पाएका छन् । यसरी सांगीतिक क्षेत्रमा चम्कदै गर्दा आखिर कसले उनको वाचा तोड्यो होला ? अर्थात् कसलाई भनेकी हुन् त टिकाले ‘नतोडन ति बाचाहरु’ । भलै वास्तविक जिनवमा कसैले उनको वाचाहरु तोडेको भने होइन अहिलेको प्रसंग हो उनको नयाँ गीत ‘नतोडन ति बाचाहरु’ को भिडियो सार्वजनिक भएको छ ।

जसमा शब्द तथा संगीत समेत स्वयं गायिका टिका प्रसाईंको नै रहेको छ । टिकाको ‘मेलोडी’ एल्बममा समावेश यस गीतको एरेन्ज सन्जिव बराइलीले गरेका हुन् ।
भिडियोमा एक साम्पाङ्ग र सम्झना राईले अभिनय गरेका छन् । भिडियोलाई अनन्त तिमिल्सनाले निर्देशन गरका हुन् । त्यस्तै रामकुमार केसीको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

यसअघि गायिका प्रसाईंका, नाईं मलाई थाहा छैन, माया लुकी लुकी, ‘तिमी मलाई मन पर्छ’, सेल्फीको जमाना लगायतका गीतहरुले अत्यधिक सफलता पाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु