सन्जिब र टीकाको ‘कर्के नजर’ मा राहुल र अलिशा (हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७५, शुक्रबार
गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको गीत ‘कर्के नजर’  सार्वजनिक भएको छ । गीतकार आनन्द अधिकारीको शब्द रहेको उक्त गीतमा संगीत तथा एर्रेंज आशीष अविरलको रहेको छ । गीतमा भाइब एण्ड वेब ग्रुपको बेजोड प्रस्तुति रहेको छ । राहुल शाह र अलीशा शर्मा अभिनीत यस गीतमा राहुल शाह कै निर्देशन रहेको छ ।
गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको संयुक्त एल्बम ‘संग संगै’ मा समावेश यो गीत अघि ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘पहिलो भेटैमा’, ‘अलि अलि गर्दै’ बोलका गीतहरुले श्रोता/दर्शक को मन पहिले नै जित्न सफल भएका छन् ।
‘कर्के नजर’ हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु