कान्छा र कान्छीको भूमिकामा देखिए सञ्जीव र टीका

म्यूजिक खबर
प्रकाशित: २५ मंसिर २०७७, बिहीबार
sanjib Parajuli_Tika Prasain

काठमाडौं । लोकप्रिय गायिका टीका प्रसाई र लोकप्रिय गायक संजीव पराजुलीको स्वरमा पछिल्लो गीत ‘कान्छी कान्छा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नाइँ मलाई थाहा छैन, कर्के नजर, पहिलो भेटैमा’ जस्ता गीतहरुको को अपार सफलतापछि गायिका टीका प्रसाई तथा गायक सन्जिब पराजुलीको जोडीले आफूलाई कान्छा र कान्छीको भूमिकामा उभ्याएका हुन् ।

गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । यो गीतको म्यूजिक भिडियोमा राजीव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन, अर्जुन तिवारी एण्ड टिमको छायांकन र लक्ष्मण पौडेलको निर्देशन छ ।

गीतको भिडियो द भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिएको हो । ‘कान्छी कान्छा’ गीतमा नायक पल शाह र मोडल एलिसा राईको अभिनय रहेको छ । गीतको भिडियोमा कान्छी कान्छाको प्रेमलाई डान्सको मध्यमबाट निकै सरल ढंगबाट प्रस्तुत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु