टीका प्रसाईंको नयाँ गजल ‘तिमी बिना’

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०७८, आईतवार
Tika Prasain

काठमाडौं । टीका प्रसाईंको स्वरमा रहेको गजल ‘तिमी बिना’ बोलको म्युजिक सार्वजनिक भएको छ । गायिका प्रसाईँकै युट्युब च्यानल टकिा प्रसाईंबाट सार्वजनिक भएको हो ।
सार्वजनिक भएको गजलमा गणेश श्रेष्ठको शब्द, सन्तोष दुमेको संगीत तथा आदेश गुर्माचनले एरेञ्ज रहेको छ । राजु कार्कीको मिक्सिङ र मास्टरिङ रहेको यस गजललाईे किङ स्टुडियामा रेकर्ड भएको हो ।
लोकभाका, आधुनिक, सेमी–क्लासिकल, डान्सिङ्ग नम्बर जस्ता गीतहरु स्रोता तथा दर्शकमाझ पस्किएकी टीकाले यो फरक खाल्को गीत ल्याएको बताएकी छन् ।
उनले भनिन्,‘ लोकभाका,आधुनिक,डान्सिङ लगायतका धेरै विधाका गीतहरु स्रोता तथा दर्शकमाm ल्याएको थिए । यसपटक मैले एक गजल लिएर आएकी छु । हामी सबैले यो गितलाई राम्रो बनाउन उत्तिकै मेहनत गरेका छौं । यो गीतलाई पनि माया गरदिनु हुन्छ भन्ने पूर्ण विश्वास छ ।’
गायिका टीकाको यस अघि ‘माया लुकी लुकी,दोधारै मन’ लगायत थुप्रै हिट गीत स्रोता तथा दर्शकमाझ आइसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु