तीजको मौलिकता र संस्कृती बोकेको गीत ‘शिरफुल मेरो’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०७८, बुधबार
tika pun

काठमाडौं । लोकप्रिय गायिका टिका पुनको स्वरमा तीजको मौलिकता र संस्कृती बोकेको गीत सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत चर्चित सुर्खेती सर्जक धर्मराज गिरीले तयार पारेका हुन् । प्रस्तुत गीतको भिडियोमा दीक्षा गिरीको अभिनय तथा नृत्य रहेको छ ।

धर्मराज गिरीकै निर्देशन समेत रहेको यस् भिडियोमा अर्जुन सापकोटाको छायांकन, निर्मल प्याकुरेलको सम्पादन तथा रंग संयोजन छ भने नृत्य निर्देशन बरिष्ठ नृत्य निर्देशक चन्द्र मन्दिरको रहेको छ । गीतको पोस्ट प्रोडक्सन श्रीनाथ फिल्मस्ले गरेको हो भने ईकुपमेन्ट बराहाता मुभी हाउसले ब्यबस्थापन गरेको हो ।

भिडियोलाई श्रीनाथ अनलाईन टिभी को अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु