टीका र रेशमको सारङ्गी संसारमा गाएको लाईभ दोहोरी रातारात हिट नेपालको ट्रेण्डिङ कायमै

म्यूजिक खबर
प्रकाशित: २ असार २०७६, सोमबार

कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ स्थापना भएको सारङ्गी संसार पछिल्यो समय युटुब दर्शकहरु माझ निकै लोकप्रिय बन्दै गईरहेको छ । बागलुङे तिन दाजुभाईले कहिले गुन्द्रि माथी त कहिले खाट माथी बसेर सारङ्गी धुन र मादलको तालमा लोक गायिका प्रतिमा विश्वकर्माको आवाजमा लाईभ गितहरु प्रस्तुत गर्दै आईरहेका थिए । यस्तै प्रस्तुतीहरु पनि दर्शकहरुले अत्यन्तै मन पराईरहेका थिए । अहिले भने सारङ्गी संसार भव्य स्टुडियोमा चर्चित कलाकारहरुको साथमा लोक तथा दोहोरी गितहरु प्रस्तुत गरिरहेको छ ।
करिब एक हप्ता अगाडी नेपालकै चर्चित वरिष्ठ लोक दोहोरी गायक राजु परियार र चर्चित लोक दाहोरी गायिका जुना श्रीष बिचको लोक दोहोरी पनि नेपालको ट्रण्डिङमा प्रवेश गरेको थियो । साथै उक्त गितले पनि धेरै दर्शकको माया पाएको थियो । अहिले पनि ईमेज लोक कलाकार टप १० भित्रका अत्यन्तै मिठास स्वरका धनी दोहोरीमा अब्बल लोक दोहोरी गायक रेशम निर्दोष र पछिल्लो समय कि दोहोरी क्विन टिका सानुले सिन्धुली पुगेर गाएको लाईभ दोहोरीले नेपालको ट्रेण्डिङमा कब्जा जमाईरहेको छ । र यस भिडियो २ दिनमा यो समाचार तयार गर्ने समय सम्म २ लाख २५ हजार भन्दा बढि दर्शकहरुले हेरी सकेका छन् भने टिका र रेशमको पक्षमा निकै राम्रा–राम्रा प्रतिक्रियाहरु आईरहेका छन् भने कला संस्कृतिको जगेर्ना तथा रमाईला लाईभ दोहोरी प्रस्तुत गरेकोमा सारङ्गी संसारलाई पनि धन्यवादका प्रतिक्रियाहरु आईरहेका छन् । भिडियो हेर्न तल ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु