• श्री केश तेलमाथिको आरोप अफवाह मात्र होः टीकाराम बुढाथोकी

    म्यूजिक खबर
    प्रकाशित: १८ असार २०८१, सोमबार

    काठमाडौं । सप्तऋषि ओएल एण्ड कस्मेटिक इन्डष्ट्रिद्वारा उत्पादित श्री केश तेलमाथि लगाइएको आरोप अफवाह मात्र भएको कम्पनीका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीले बताएका छन् । श्री केश तेलले कपाल उमार्ने भन्दा झार्ने काम बढी गरेको भन्दै बजारमा आरोप लगाइएको प्रति नकारात्मक टिप्पणी भएको बुढाथोकीले बताएका छन् । उनले हरेक व्यक्तिको हर्मोन अनुसार आयुर्वेद तेलले सहयोग गर्ने तर हानिकारक कहिल्यै पनि नभएको प्रमाणित भइसकेको बताएका छन् । उनले झर्न रोक्ने, कपालको जरा भएकाहरुलाई उमार्न सहयोग गर्ने र कुनै पनि साइड इफेक्ट नगर्ने दाबी गरेका छन् ।

    श्रीकेश तेलमाथि महानगरपालिकाले बन्द गरेका भन्ने हल्ला मात्र भएको पनि बुढाथोकीले प्रष्ट पारेका छन् । महानगरपालिकाले विज्ञापनका लागि राखिएको होर्डिङ बोर्डमा मापदण्ड नपुगेको भनेर पोलहरुबाट निकाले मात्र हो तर मापदण्ड पूरा भएपछि सडकका पोलहरुमा पुनः श्रीकेश तेलको बोर्डहरु राखिएको छ उनले भने । कार्यालय कहिल्यै पनि बन्द नभएको र सरकारी मापदण्ड अनुसार सबै सञ्चालनमा रहेको बुढाथोकीले बताए । यसरी एउटा कम्पनी बन्द गर्नु भनेको धेरैको रोजगारी खोसिनु पनि हो भन्ने सबैले बुझ्न जरुरी भएको बुढाथोकीले बताए । उनले स्वदेशी कम्पनीमार्फत् सयौंलाई रोजगारी दिएर सरकारलाई राजश्व बुझाउनु गलत नभएको बताउँदै बजारमा कोही कसैले आफ्नो स्वार्थ अनुरुप काम नभएपछि अफवाह फैलाइएको दाबी गरेका छन् । आयुर्वेद जडिबुटीबाट निर्माण गरिएको हुँदा प्रत्येक व्यक्तिको हर्मोनसँग हर्बलले फरक फरक काम गर्न सक्छ भन्दै बुढाथोकीले बजारको नकारात्मक हल्लतर्फ नलाग्न अनुरोध गरेका छन् । नेपालकै कम्पनी, नेपालकै जडिबुटी र नेपालीलाई नै रोजगार दिएको हुँदा सरकारको प्रत्यक्ष अनुगमनबाट संचालन भएको हुँदा भ्रममा नपर्न अनुरोध गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु