गीतसंगीत क्षेत्रलाई व्यङ्ग्य गर्दै आए ‘टिके’ (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०७५, शनिबार

काठमाडौं । पछिल्लो समय गीतसंगीतको क्षेत्र धरासायी भइरहेको भन्ने चर्चा परिचर्चा विभिन्न खाले चलिरहेकै बेलामा ‘टिके’को प्रवेश भएको छ । यी टिके को हुन् त ? टिकेको रुपमा कसलाई व्यङ्ग्य गरिएको हो त ? यहाँ स्पस्ट छ गीतसंगीतको क्षेत्रमा जे जे गतिविधि भएका छन् तिनै घटनाक्रमसँग आफैं गीत गाएर ‘टिके’को स्वरुपमा आएका छन् सुवास रेग्मी ।

सुवास रेग्मी भन्ने वित्तिकै सामाजिक सञ्जालमा मात्र नभएर गीतसंगीत क्षेत्रमा नै उनको चर्चा परिचर्चा हुने गर्छ । रिलको जमानामा उनले ‘कुकर विरालो’ बजारमा ल्याएर गीतसंगीत क्षेत्रको विकृतिविरुद्ध आफूलाई उतारेका थिए । त्यतिबेला पनि कुकुर विरालो गीतविरुद्ध पुरै गीतसंगीतकर्मी भनौं  केही स्रष्टाहरु खनिएका थिए । विन्ध्यवासिनी म्यूजिकको लैनचौरस्थित कार्यालय बन्द गर्नुपर्छ भनेर उफ्रिनेहरु अहिले सबै उनकै पछाडि दौडिरहेका छन् । तत्कालिन समयमा पनि ‘कुकुर विरालो’ को सिर्जना गरेका उनले विरही कार्की र देवी घर्तीलाई गाउन लगाएका थिए भने अहिले डिजिटल जमानामा ‘टिके’ लाई रेग्मी आफैंले स्वर दिएर बजारमा ल्याएका छन् । यसको शब्द र संगीत भने एकनारायण भण्डारीको रहेको छ ।
आयो टिके आयो
आगो गीत गायो
नेपाल ख्वाप्पै खायो
यूट्यूब भ्यूअर्स पायो
सुको गुमाइ दुःखो कमायो
त्यही पनि टिके रमायो

 

पछिल्लो समयको गीतसंगीत क्षेत्रको यथार्थ पोखेका हुन् ‘टिके’ अर्थात् सुवास रेग्मीले । विन्ध्यवासिनी म्यूजिकका संचालक उनले बजारमा देखेको भोगेका यथार्थ पोखेका भने पक्कै हुन् । गायकले गीत गाउँछ तर लगानीकर्ता भन्दा बजारमा उसकै चर्चा हुन्छ त्यसैले आफैंले गीत गाएको भन्ने व्यङ्ग्य उनले गरेका छन् । एक नम्बरका गीतकारसँग चिया खाने पैसा नभएको तर अन्यहरु रमाइरहेको दृश्य भिडियोमा कैद गरेका छन् उनले । अहिले म्यूजिक भिडियोमा ‘दामोदर’लाई लिएर जस्तालाई पनि भिडियोको हिरो बनाएको व्यङ्ग्य पनि उनले गरेका छन् । कता कता आफ्नै कथा पनि उनले गीतमा पोखेका छन् ।

‘टिके’ को म्यूजिक भिडियोमा सुवास रेग्मी आफैं देखिएका छन् । शंकर बिसीको निर्देशनमा दुर्गा पौडेलको छायाँकन रहेको यस भिडियोमा नवीन घर्ती मगरले सम्पादन गरेका छन् । विन्ध्यवासिनी म्यूजिकले यसको बजार प्रबद्र्धन गरेको छ ।

पहिला कुकुर विरालो यस्तो थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु