• तिलकले गाए लुम्लेको हावादेखि माँ कसम

    म्यूजिक खबर
    प्रकाशित: १८ माघ २०७०, शनिबार

    पर्वत, १८ माघ । मुटु छुने लुम्लेको हावाले गीत गाउने चर्चित गायक तिलक बममल्ल आजभोलि माँ कसम तिमी बडा च्वाँक छौ भन्दै हिंड्न थालेका छन् । गायक बममल्ल जहाँ जान्छन्, जुन महोत्सवमा पुग्छन् अझै उनको जवानी चढ्दै गएको छ की भन्ने भान हुन्छ ।
    पर्वतको महोत्सव अनि माघको महिना त्यसमा पनि चिसो चल्न शुरु हुने सा“झको बेला तिलक बममल्ल जब स्टेजमा उक्लिए एकाएक दर्शकबाट हुटिङ आयो ‘मुटु छुने लुम्लेको हावाले’ भन्दै । चौथो पर्वत महोत्सवको चौथो दिन शुक्रबार तिलकबममल्लले दर्शकलाई एकदमै मनोरञ्जन प्रदान गरे । उनको सर्वाधिक लोकप्रिय मुटु छुने लुम्लेको हावाले गीतबाट यनको महोत्सवको प्रस्तुति सुरु भएको थियो भने उनले घुमिघुमी नाचिदेउ मारुनीले मुखै छोपेर बोलको गीतबाट दर्शकस“ग विदा मागेका थिए ।
    त्यसो उनले ट्याक्सी गुड्यो सरर पोखराको बजारमा, हातमा रुमाल हल्लाउने नानीले जस्ता गीत गाउँदा दर्शकहरुको बीचमा झरेर रमाइलो गरिरहेका थिए तिलक बममल्ल । चारैतिरबाट दर्शकको भिडले घेरिएका मल्लको गीतमा युवयुवतीले रुमाल हल्लाएर उनको गीतमा साथ दिएका थिए । दर्शकको वान्समोर पाएपछि बममल्लले ट्याक्सी गुड्यो सरर पोखराको बजारमा गीत पुनः गाएका थिए । बाग्लुङ घर भएका मल्लले आफ्नो लागि पर्वत आ“गन भएको भन्दै आफ्नो क्षेत्री शैलीमा समेत गीत गाएका थिए ।
    त्यस्तै आज शनिबार तिलक बममल्ल धादिङ महोत्सवमा दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन् । उनले धादिङ महोत्सवमा पनि आफ्ना चर्चित गीतहरुलाई प्रस्तुत गरेका छन् ।

    tilak bam mall

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु