• शब्द, संगीत र गायनको त्रिवेणीमा तिलक सिंह पेलाको ‘कथा एउटै’

    म्यूजिक खबर
    प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार
    Tilak Sing Pela

    काठमाडौं । गायक तथा संगीतकार तिलक सिंह पेलाको नयाँ गीत ‘कथा एउटै’ सार्वजनिक भएको छ । ‘कथा एउटै तिम्रो मेरो विवशताले बुनिएको– नियतिको आँधी हुरी कलेजीमै कनिएको’ गीतलाई आजबाट सार्वजनिक गरेका हुन् । हेमन्त विवशको शब्दमा गायक पेलाले नै संगीत भरेको गीत ‘कथा एउटै’ को संगीत संयोजन भने रिदम कँडेलले गरेका छन् । गीत सुन्दा नै लाग्छ शब्द, संगीत र गायनको त्रिवेणीमा कथा एउटैको गहिराई भेटिन्छ । गायनको २३ वर्षपछि पुनः गायनमा आएका गायक पेलाले केही समयपहिला मात्र ‘निर्जन किनार’ बजारमा ल्याएका थिए । संगीत शिक्षाको गुरुकुलमा नै हराइरहेका उनी संगीत गुरुका रुपमा ख्याति कमाएपछि पुनः गायनमा आफूलाई उभ्याएका हुन् ।

    ‘कथा एउटै’ को म्यूजिक भिडियोमा सनम कठायत र नग्मा श्रेष्ठको अभिनय रहेको छ । भिडियोलाई जनक सिंहले निर्देशन गरेका छन् भने मुकेश हुमागाइँले छायाँकन गरेका छन् । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियोलाई गायक तिलक सिंह पेलाकै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु