चर्चित गीत ‘तिमी तारे भीर’को ‘मेल भर्सन’ सार्वजनिक भएसँगै चर्चा र प्रंशसा

म्यूजिक खबर
प्रकाशित: १० मंसिर २०७८, शुक्रबार

काठमाडौं । अलि अगाडिको सार्वाधिक हिट गीत हो ‘तिमी तारे भीर’ । कवि श्रवण मुकारुङको शब्द,शान्तिराम राईको संगीत र पवित्रा सुब्बाको स्वरमा बनेको उक्त गीतको हाल रेवत राईको स्वरमा मेल भर्सन सार्वजनिक भएको छ ।

गीत सार्वजनिक भए लगतै गीतको सम्पूर्ण पाटोको प्रंशसा गरिएको छ । गीतको भिडियोलाई यो समाचार तयार पारिरहँदा १४ लाख दर्शकले हेरिसकेका छन् ।

गीतमा पुरानो फ्लेवर कायम राख्दै देबेश राईले एरेन्ज र अडियो मिक्सीङ्ग गरेका छन् भने गायक रेवत राईले स्वर दिएका छन् ।

भिडियो तर्फ भने सुपरिचित कलाकार दयाह्याङ् राई र नायिका मिरुना मगरको साथै बाल कलाकारको रुपमा नूमा राईको अभिनय रहेको छ । भिडियोलाई रंगकर्मी तथा निर्देशक किरण चाम्लिङ राईले निर्देशन गरेका छन् भने भुपेन्द्र तुम्वाहाम्फेले खिचेका छन् ।

भूपेन्द्रलाई अरुण न्यौपानेले र किरणलाई सुरज रिङ्गालुङ्ग राईले असिस्ट गरेका छन् । अनिल रानाले सम्पादन गरेको भिडियोमा प्रयास बान्तवा राई,सोनाम लामा र सुनिल तामाङले आर्ट र प्रोडक्सन हेरेका थिए भने सीमा गुरुङ्ले मेकअप गरेकी छिन् ।

गीतको भिडियो रेवत राईको आफ्नै युटूब च्यानल मार्फत मङ्सिर ४ गते सार्वजनिक गरिएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु