• स्वास्थ्य र संगीतको संगममा डेढ दर्जन गीतसँगै गुन्जिए चर्चित गायक तुलसी पराजुली

    म्यूजिक खबर
    प्रकाशित: १८ चैत्र २०७९, शनिबार

    काठमाडौं । क्यान्सर र मृगौला पीडितको सहयोगार्थ चर्चित गायक तुलसी पराजुलीले डेढ दर्जन गीतहरुसँगै एकल साँझ सम्पन्न गरेका छन् । स्वास्थ्य र संगीतको संगम बनाउँदै गायक पराजुलीले डेढ दर्जन गीतहरुसँगै नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा एकल साँझमार्फत प्रस्तुत भएका हुन् ।
    चौबिसे समाज धनकुटाका अध्यक्ष दुर्गा मादी देवानको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष कार्यक्रम संयोजक गायक प्रकाश आचार्यले उपस्थित संगीतप्रेमी दर्शकहरुलाई स्वागत गरेका थिए ।

    चर्चित गायक तुलसी पराजुलीको बारेमा प्रतिष्ठित गीतकार, निर्देशक एवं कलाकार लय संग्रौलाले शब्दचित्र प्रस्तुत गरेका थिए । संग्रौलाले धनकुटा डाँडाबजारमा जन्मिएको तुलसी पराजुलीका बाल्यकालदेखि सांगीतिक यात्राको बारेमा प्रस्तुत गरेका थिए ।
    कार्यक्रमको उद्घाटन वरिष्ठ चिकित्सक एवं गीतकार भोला रिजाल र गायक पराजुलीकी ममतामयी माता टीकादेवी पराजुलीले संयुक्त रपमा पानसमा दीप बालेर गरेका थिए । उद्घाटन कार्यक्रममा गायक पराजुलीको श्रीमती लुना सिटौला र छोरी एन्जोलिना पराजुलीको साथ रहेको थियो । कार्यक्रम उद्घाटन गरिसकेपछि बोल्दै प्रमुख अतिथि भोला रिजालले स्वास्थ्य क्षेत्रमा दुःख पाएका असहायहरुलाई एकलसाँझ मार्फत रकम कलेक्सन गरेर सहयोग गर्ने उद्देश्य लिएकोमा तुलसी पराजुलीलाई हार्दिक आभार प्रकट गरेका थिए ।

    गायक तुलसी पराजुलीलाई गायिका प्रविशा अधिकारी, दिपा सुहाङ, खुशी थुलुङ दिएका छन् । कोरस अर्जुन आले मगर र उपेन लिम्बू ल साथ दिएका थिए । गायनमा कार्यक्रमको वाद्यवादन समूहको संयोजक गायक तथा संगीतकार अशोक राईले गरेका थिए । गायिका वाद्यवादन समूहमा अकोडियन शीला बहादुर मोक्तान, सारङ्गीमा भरत नेपाली, तबला भरत बुढाथोकी, ऋदम गीतारमा दिपक थापा, बेस गीतार देव चाम्लिङ, सहनाइ धनबहादुर गुरुङ, अक्टोप्याडमा शशी भूषण, मादलमा पोषण घर्ती र नरेश प्रजापति, ढोलक राम सुश्लीङ, भ्वाइलिन कोअर्डिनेटर र सेक्सोफोन मनोहर सुनाम, भ्वाइलिनमा रविन कार्की ढली, मोहनकृष्ण कार्की ढली, नारायणदास कार्की ढली, केशव सुनाम, विकासनाथ योगी, किशोर कार्की ढली, विनिता कार्की ढली, किबोर्डमा राहुल भुजेल, बाँसरी गोपालदेव घतानी रहेका थिए ।
    गायक पराजुलीले बीरपूर्खा राष्ट्रिय गीतबाट सुरुवात गरेका थिए । गायक पराजुलीले हेर्दाहेर्दै बाटो हरायो, आधा माया, छोडेर जानेको मायाले मा¥यो, लेकैमा चौंरी, लेकैमा फूल्यो, पाटनैको पातलो चिउरा, तमोर खोला बाढी आयो, पिरतीले जोगी बनायो, बैंशको सत्यनाश, दोमाना बजार, खोटाङ जिल्ला दिक्तेल बजार, अकाशैको कालो बादल, मुसुक्कै हाँस्ने, कान्छिको छाता लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु