धेरै कमाई गर्ने लोकप्रिय दश गायकहरु

म्यूजिक खबर
प्रकाशित: १ श्रावण २०७९, आईतवार

हरेक व्यक्तिको मनलाई गीत, संगीत र कलाकारिताले सजिलै छुन सक्दछ । जसका कारण नेपाली सांगीतिक व्यक्तित्वका प्रशंसक संसारभर छन् । नेपाली सांगीतिक क्षेत्रमा कयौं यस्ता स्टार देख्न पाइन्छ जसले आफ्नो आवाजले दर्शक श्रोताको मन जितेका छन् । आज हामी यो सामाग्रीमा नेपाली सांगीतिक क्षेत्रका १० गायकको बारेमा सूची सहित चर्चा गर्दैछौं । गायकहरुको सांगीतिक गतिविधी, व्यस्तता, कमाई, फेसबुक र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा देखिएको क्रेजका आधारमा बनाइएको सूची हो ।

प्रमोद खरेल :

म बिना कसै कसैलाई मुश्किल छ पोखरामा, यो कुरा गोप्य नै राखुँला, आफ्नै जिन्दगी आफैंलाई, छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए, मलाई जसले पनि किन रुवाउँछ, माया भन्नु कसलाई यहाँ, उसले जति माया तिमीलाई मैंले पनि दिन्थें होला, यी लोकप्रिय गीतहरुका गायक हुन् प्रमोद खरेल । उनका यस्ता नेपाली श्रोताको मन मस्तिष्क हल्लाउने गीतहरु थुप्रै छन् । जसरी नेपालीका ओठमा उनले गाएका गीतहरु झुण्डिएका छन् त्यस्तै उनको नाम नसुन्ने पनि ससुन्ने कमै होलान् । अझ गीत संगीत पारखीका लागि त पहिलो नम्बरमा रोजिने नाम हो भन्दा फरक पर्दैन ।
खरेलको जन्म वि.सं २०३६ साल कार्तिक २० मा भारतको आसाममा भएको हो । उनको बाल्यकाल र स्कूले जीवन भने झापामा बित्यो । स्कुल पढ्दा कहिल्यै गीत गाएनन् मात्रै अरुले गाएको सुने । राम्रो पढाई भएका प्रमोदको दिमागमा ठूलो भएपछि डाक्टर बन्नुपर्छ भन्ने परेको थियो । उनले एसएलसीमा जिल्ला टप नै गरे । उनले सोचे ‘अब डाक्टर बन्नुपर्छ’ । एडभान्स कोर्स गर्नका लागि काठमाडौ आए । कलेजमा साथीहरुलाई उनले गीत गाएर सुनाउँथे, साथीहरुले पनि राम्रो प्रतिक्रिया दिन्थे । अनि त उनले अब डाक्टर होइन गायक बनेर फर्किन्छु भन्ने लक्ष्य लिए । यसो त विज्ञान पढ्ने र संगीत सिक्ने काम सराबरी गरिरहे ।
उनले गीत गाउन थालेको एसएलसी पास भएपछि मात्र हो । काठमाडौ आएको दुई वर्षमा उनी यसरी संगीतमा डुबे कि डाक्टर बन्न काठमाडौ आएका उनी नामी गायकको रुपमा स्थापित भएर लामो समय राज गरिरहेका छन् । उनले एकपछि अर्को हिट गीत दिँदै आएका छन् । यस्तै उनले सन् २००३ मा त्रिभुवन विश्वविद्यालयबाट रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए।
अहिले उनी भ्वाईस अफ नेपालको जज पनि छन् । भ्वाइसको तिनै सिजनमा जज बसेका प्रमोदको बोल्ने शैले, जस्तो छ त्यस्तै कमेन्ट गर्न सक्ने क्षमता सबैले मन पराउँछन् । प्रमोद खरेलले एक कन्सर्टको करिब ४० देखि ५० हजारसम्म शुल्क लिने गरेका छन् । २०२२ सम्म, उनको कुल सम्पत्ति अनुमानित करिब साढे दुई देखि ३ करोड रहेको छ ।

प्रकाश सपुत :
पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका कलाकार हुन् प्रकाश सपुत । उनले नेपाली साङ्गीतिक क्षेत्रमा अमूल्य र कर्णप्रिय गीतहरू एकपछि अर्को दिँदै आएका छन् । २०४७ साल भदौ २९ गते बाग्लुङमा जन्मिएका प्रकाश सफल र बहुप्रतिभाशाली कलाकार हुन् । उनी गायक मात्र नभई गीतकार, निर्देशक र अभिनेता समेत हुन् । उनले २०१३ सालमा पहिलो पटक ‘मुसुमुसु नहाँस’ बोलको गीत रेकर्ड गराएका थिए । त्यसपछि दोहोरी ब्याटलबाट चर्चा कमाए । उनले नेपाली रुपैयाँ ३ करोड सम्म कमाइसकेका छन् । उनले गीत संगीतका अलवा बैंक, संघसंस्था तथा विभिन्न कम्पनीमा ब्राण्ड एम्बास्डर भएर समेत आम्दानी बढाएका छन् । उनका चर्चित गीतहरुमा ‘गलबन्दी च्यातियो तिम्ले तानेर’, ‘बोल माया’ र ‘बदला बरी लै’ कुरा बुझ्न पर्च’ यो देश’ फुटेका चुरा, दोहोरी ब्याटल आदी पर्दछन् ।
सपुतलाइ लोक दोहोरिको क्षेत्रमा ट्रेन्ड चेन्जरको रुपमा समेत लिन सकिन्छ । दोहोरी ब्याटल मार्फत उनले दोहोरीकै शैलीमा नयाँ प्रयोग गरे जुन अत्याधिक रुचाइएको छ । यसरि हेर्दा सामान्य गीत गाइरहेका सपुतले आफुलाई मात्रै चिनाएनन् कि नेपाली गीत संगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएका छन् ।
सङ्गीतको क्षेत्रमा उनी अहिले लोकप्रियताको शिखरमा छन् । कुनै बेला खानलगाउनकै समस्या भएका र अभाव नै अभावमा जीवन विताएका सपुत अहिले काठमाडौंमा आफ्नै घरमा बस्छन् । यसको आसय उनको आर्थिक हैसियत पनि विचित्र ढंगले उठेको छ अहिले । तर, उनलाई यो सफलता सहज र स्वाभाविक ढंगले प्राप्त भएको भने होइन । यसका लागि उनले धेरै मिहिनेत गरेका छन् । धेरै सङ्घर्ष गरेका छन् ।

समीर घिसिङ भिटेन :
भिटेन नेपाली हिपहप क्षेत्रका एक चर्चित गायक हुन् । उनको वास्तविक नाम भने समिर घिसिङ हो । आज समीर घिसिङ नाम सायद परिचय विहीन जस्तै रहेको छ भने भीटेन नाम नेपाली हिपहप प्रेमी युवायुवतीहरूको ढुकढुकि हुन सफल भएको छ । भिटेन अर्थात् समिर पनि धेरै कमाई गर्ने नेपाली गायकहरु मध्ये एक हुन् । तर धेरै कमाउने गायकको सूचिमा पर्न सफल भिटेनले कुनैबेला खानकै लागि ठुलो संघर्ष गर्नुपथ्र्यो । उनी गरिब परिवारमा जन्मिए– हुर्किए । उच्च शिक्षा पढ्न पाएनन् । रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा जन्मिएका भिटेनले एसएलसी पछि ¥याप गाउन सुरु गरेका थिए ।
आर्थिक विपन्नताको आफ्नो भोगाइ पोखेर ‘गरिब’ गीत गाए । पेट नभरिए पनि कम्तीमा मन त भरिन्छ नी भन्ने अभिसायले यो गीत गाएका हुन् । यही उनको पहिलो रेकर्डेड गीत हो, जसका शब्द र गायकीले उनलाई ¥यापका पारखीमाझ चिनायो पनि । त्यसपछि उनका गीत भटाभट हिट हुन थाल्यो । हाल उनी नेपालका महँगा ¥यापरहरूको सूचीमा समेत पर्दछन् । उनले गाएका अधिकांश गीतहरु सार्वजनिक लगतै युट्युबको ट्रेण्डिङमा समेत पर्ने गरेका छन् । वान मिलियन सब्सक्राइब ‘मिट’ गर्ने पहिलो कलाकार समेत उनै हुन् । ¥याप गीत गाउनकै लागि देशका विभिन्न ठाउँहरू तथा अनेक राष्ट्रहरूमा समेत पुगेका छन् । अश्लील र अभद्र गीत गाएको आरोपमा भिटेन समयसमयमा विवादमा आउने गरेका छन् । उनलाई गीत गाएकै आरोपमा प्रहरीले समेत समातेको छ । तर, उनले युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने कयौं सन्देशमूलक गीत गाएका छन् । ‘बैनी’, ‘लफंगा’, ‘चुरोट’, ‘हालखबर’, ‘कथा’, ‘मान्छे खत्तम’ लगायत उनका सन्देशमुलक गीत हुन् । आर्थिक विपन्ताको ठूलो हण्डर खाएका उनै समीर अर्थात् भिटेन अहिले गीत गाएरै डेढ करोड सम्मको मालिक बनेका छन् । भिटेनको कमाइको कुरा गर्दा उनी एक कन्सर्टमा करिब ८० हजारदेखि ३–४ लाखसम्म शुल्क लिन्छन् । गीत लेखन, उत्पादन, र कन्सर्टहरू बाहेक, उनले विभिन्न ब्रान्ड र कम्पनीहरूको प्रायोजन विज्ञापनहरूबाट अतिरिक्त आम्दानी वा राजस्व उत्पन्न गर्ने गरेका छन् ।

सुगम पोखरेल :
सुगम पोखरेल नेपालका गीतसंगीत दुनियाका एक प्रख्यात गायक हुन् । उनको जन्म २०३६ साल असोज ४ गते मोरङको मंगलबारेमा भएको थियो । सुरिलो स्वरका धनी गायक सुगम पोखरेल सानै देखि गायनको सोखिन थिए त्यसैले त उनी विद्यालयका विभिन्न कार्यक्रम तथा साथीभाइको जमघटमा पनि गीत गाएर सबैलाई मनोरञ्जन गराउन पछि पर्दैनथे । बिराटनगरमा नै एसएलसी सकेर उच्च शिक्षाका लागि काठमाडौं आए । उनले रत्न राज्य क्याम्पसमा प्रवेश गरे र आफ्नो आई.ए. पूरा गरे र कलामा स्नातक डिग्री हासिल गरे। त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरे ।
हरेक शैलीका गीतलाई उत्तिकै न्याय गरेर गाउन सक्ने ल्याकत सितिमिति कोहीसँग हुँदैन । तर त्यो सुगमसँग छ । राम्रो गायक गीत लेखन र कम्पोजमा पनि उत्तिकै पोख्त छन् । स्टेजमा उक्लेपछि प्रायः गायकले गाउने गीत एउटै–एउटै हुन्छ । सुगमको ‘ब्लकबस्टर’ गीत नै दुई दर्जनभन्दा धेरै छन् । जबकि, उनका रेकर्डेड गीतको संख्या भने २ सय पनि पुग्दैन । नेपाली पप जनरालाई सदाबहार र समृद्ध बनाउन गायक सुगम पोखरेलले एक गहकिलो इँटा थपे । मेरो संसार, फेरि त्यो दिन, मेरो एउटा साथी छ, कति दिन बिते, क्यासेट प्लेयरको जमानाको अन्त्यतिर आएका यी गीत अहिले पनि उत्तिकै सुनिन्छ । उसो त अहिले उनी नेपाली चलचित्रका गीतमा सक्रिय र सक्रिय छन् । जिन्दगी नै भन्दिन, रहर छ संगै, म यस्तो गीत गाउछु, मायाले बोलेको बोलि मिठी भो, ए मेरो हजुर, चिया कफी, लगायतका धेरै सुपरहिट गीतहरू दिएका छन् । सुगम पोखरेलले धेरै म्युजिक अवार्ड जितेका छन् । पाश्र्व गायनमा अञ्जु पन्त र सुगम पोखरेलबीचको गायन केमेस्ट्री सबैभन्दा सफल देखिएको छ । उनले २०५३ को सुरुवातमामा ‘माया गर्छु’ मार्फत डेब्यु गीत गाएकासुगम पोखरेलको आम्दानीको कुरा गर्ने हो भने उनको प्रति कन्सट ५० देखि ६० हजारसम्म आम्दानी हुन्छ । २०७९ सम्म, उनको कुल नेटवर्थ लगभग ५ देखि ८ करोड अनुमान गरिएको छ ।

सज्जनराज वैद्य :
सज्जनराज वैद्य हाल न्यूयोर्क सान फ्रान्सिको, यूएसएमा बसेर आफ्नो सङ्गीत कर्मलाई निरन्तरता दिइरहेका छन् । उनी एक प्रतिभाशाली गायक, गीतकार तथा संगीतकार हुन् । उनको जन्म २०४८ साल भदौ २५ गते काठमाडौंमा भएको हो । उनले नेपाली सङ्गीत नबुझेका, नचिनेका र नरुचाउने युवाहरूलाई समेत नेपाली सङ्गीतको मिठास चखाएका छन् । नेपाली सङ्गीतलाई संसारभर चिनाएका छन् । आज मात्र बोलको गीतबाट गायनमा डेब्यु गरेका सज्जन राज वैद्यले धेरै हिट गीतहरू दिएका छन् । उनका गीतहरू चिठ्ठी भित्रा, हवाईजहाज, हातरिन्दै बतासिन्दै, कुराकनी, सस्तो मुटु र अन्य धेरै गीतहरु पपुलर छन् । बिदेशमा बसेर पनि नेपाली गीत सङ्गीतको साधनामा लागेका छन् । युवाहरूको आधुनिक गीत सङ्गीत खोजिरहेका आँत भिजाएका छन् । तिर्खा मेटाएका छन् ।
सानैदेखि गीत संगीत भनेपछि हुरुक्कै हुने सज्जले सुरुमा फेसबुकमा लाइभमा आएर आफ्ना गीत सेयर गर्थे । २०१२ मा उनले युट्युब च्यानल बनाए । तर २०१३ बाट भिडियो अपलोड गर्न थालेका थिए । सज्जन राजले ‘आजा मात्र’ गीतबाट डेब्यु गरेका हुन् ।
सरल शब्दका माध्यमबाट भावनाको अनेक स्वरूप देखाउन सज्जनराज उनी माहिर छन् । धेरै पटक दोहोर्याएर सुन्दा पनि उनको गीत खल्लो लाग्दैन । बरु जति सुन्यो उति मिठो लाग्छ । उनलाई कुनै अरु गायकसँग तुलना गर्न आवश्यक छैन् । उनी आफैमा एउटा नयाँ ब्रान्ड बनेर उदाएका छन् ।

६. शिब परियार :
दुई दशकभन्दा लामो समयदेखि निरन्तर पूर्विय शास्त्रीय संगीत गायनको अध्ययन र साधनाबाट संगीतमा आफूलाई निखारिरहेका गायक हुन् शिव परियार । स्वरका बादशाह उपनामले चिनिने उनी नेपाली सांगीतिक क्षेत्रमा गीत गाएरै सबैभन्दा धेरै पैसा कमाउने गायकको सूचिमा पर्छन् । २०३८ साल फागुन ११ गते सर्लाहिमा जन्मिएका उनी स्कुले जीवनबाट नै गायनमा प्रथम स्थान हासिल गर्थे । एसएलसीसम्मको अध्ययन गाउँमा गरेर काठमाडौं छिरेका शिव परियार रेडियो नेपालले आयोजना गरेको २०५९ सालको आधुनिक गीत प्रतियोगितामा आधुनिक गीत गायनमा स्वरतर्फ प्रथम स्थान हासिल गरेर सांगीतिक यात्रामा पाइला चालेका हुन् ।
तत्पश्चात आधुनिक संगीतमा नारायण गोपाल युवा संगीत पुरस्कार, नेपाल सरकारका तर्फबाट राष्ट्रिय युवा प्रतिभा सम्मान, सर्वोत्कृष्ट पुरुष गायन विधा अन्तर्गत इमेज अवार्ड, हिट्स एफएम म्यूजिक अवार्ड, रेडियो कान्तिपुर म्यूजिक अवार्ड, म्यूजिक खबर म्यूजिक अवार्ड, कालिका म्यूजिक अवार्ड, रेडियो अन्नपूर्ण म्यूजिक अवार्ड लगायतका म्यूजिक अवार्डहरु चुमिसकेका छन् । विगत १८ वर्षदेखि निरन्तर पूर्वीय शास्त्रीय संगीत गायनको अध्ययन र साधनाबाट संगीतमा आफूलाई निखारिरहेका गायक परियारका हालसम्म मोक्ष, स्वयम्, कादम्बिनी, क्या दामी, फाटेको मन, पागल, कथाले मागेपछि, वन्ली यू मेरो साथी, टाढाको साथी, शिवबुक गरी दशवटा सांगीतिक संग्रह नेपाली संगीतको भण्डारले पाएको छ । उनले अहिलेसम्म पाच सयभन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका छन् । फेवातालमा साईंली, पिउँदिन भन्दा भन्दै जस्ता सुपरहिट गीत दिएर आफ्नो मेलोडियस आवाज मार्फत संसारभरका नेपाली श्रोताहरुको मन जितेका उनले कमाएको सम्पत्ति १ करोड माथी रहेको छ ।

राजेश पायल राई :
राजेश पायल राई चर्चित र लोकप्रिय नेपाली गायक हुन । उनले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन् । १ उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपमा उनलाई चिनिन्छ । उनको जन्म वि.सं.२०३२ असोज १४ गते खोटाङको बुइपा भन्ने ठाउमा भएको थियो । उनले २०४५ सालबाट संगीत यात्रा सुरु गरेका हुन् । रेडियो नेपालमा रेकर्डिङ भएको ‘सम्झनाको कुरा नगर’ भन्ने बोलको गीत उनको पहिलो गीत हो । त्यतिबेला उनी कक्षा ९ मा पढ्थे । उनले पाश्र्व गायनमा भने ०५४ सालमा पहिलो पटक अशोक शर्माको चलचित्र गरिवमा गीत गाउने अवसर पाए । गीत एकदमै हिट भयो । त्यसपश्चात् उनले पाश्र्व संगीतमा समेत फर्केर हेर्न परेन । उनले चलचित्रका गीतहरुमा बढी स्वर दिएका छन् ।
कुनै समय राजेशपायल दिनमै ८र१० वटा गीत रेकर्ड गराउँथे । फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरुले उनलाई चर्चाको शिखरमा पू¥याउने गीत हुन् ।
उनले विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् । यसैगरी उनले २०६७ मा छिन्नलता पुरस्कार र अन्य पुरस्कारबाट समेत सम्मानित एवं पुरस्कृत भइ सकेका छन् । उनले विभिन्न चलचित्रहरु दैवसंजोग, दौतरी,परेनि माया जालैमा, सी माला तथा गुण्डाराजमा अभिनय चलचित्रहरूमा अभिनय समेत गरेका छन् । राजेशले मुर्छना, जष्ट फर यू , बैगुनी रैछौ मायालु, जदौ, दर्शन नमस्ते राई ईज किङ लगायतका थुप्रै एल्बहरु बजारमा ल्याएका छन् ।
राजेशले जुन रफ्तारमा काम गरिरहेका छन्, त्यसमा उनी खुसी छन् ।
‘भर्सटायल गायक’ भनिने राजेश एक समय स्टेजमा पनि धुम मच्चाउँथे । शंकै छैन, उनको आवाजमा जादु छ । बेग्लै झंकार छ । ‘फैलियो माया दुबोसरी’, ‘बसैको हरन, घुम्न जाउ धरान’, ‘दर्शन नमस्ते’ जस्ता दर्जनौं गीत छन्, जसले राजेशपायल राईको गायकीको शक्ति कति छ भन्ने देखाउँछ । उनले सांगीतिक कमाईबाट नै नेट वर्थ नेपाली रुपैयाँ सवा दुई करोडसम्म कमाएका छन् ।

खेम सेन्चुरी :
खेम सेन्चुरी लोक संगीत क्षेत्रको एक दरिलो खम्बा हुन् खेम सेन्चुरी । उनी कुशल गायक, कुशल सर्जक र कुशल मोडल समेत हुन् । यसर्थ उनलाई बहुमुखी प्रतिभाका धनि भन्न सकिन्छ । २०४८ साल माघ १४ गते रपन्देही रुद्रपुर १ मा जन्मिएका हुन् उनले त्यही पढे, बढे । बुबाको नाम पूर्ण बहादुर सुनाम र आमाको नाम विष्णु माया सुनार र कान्छी आमा सगुन लामा सुनार हो । २०६३ मा रुद्रपुर माध्यमिक विद्यालयबाट एसएलसी सकाएका खेम सानोमा चञ्चले स्वभावका थिए ।
सानोमा हिन्दी गीत सुन्ने खेमलाई एसएलसी पछि लोक गीतप्रति मोह र झुकाव बढ्न थाल्यो । राजु परियार, बिमा कुमारी दुराका गीतले सुन्न र गुनगुनाउन थाले । उनी २०६५–२०६६ सालदेखि कलाकारितामा लागेका हुन् । परिवारको सहयोगमा एल्बम निकाले । त्यतिबेला क्यासेटको जमाना थियो । ए साइडमा खुमन अधिकारिी को गीत राखे बि साइडमा उनको स्वरले भरिएको गीत उनको पहिलो गीत ‘भन्छु आज साथी मात्र हौ’ राखे । त्यसपछि सांगीतिक क्षेत्रमा संघर्ष गर्न थाले । जति उनको संघर्ष खारिदै गयो त्यति नै साधनाले निखारिदै गए । निरन्तर संगीत सिर्जनामा लागिरहेका खेमले थुप्रै हिट गीतहरु दिएर सांगीतिक क्षेत्रलाई धनि बनाएका छन् ।
उनी युवा गायिका, बाल गायिका, र अग्रज गायिका सबैसँग समय सान्दर्भिकर श्रोताले मन पराउने गीत गाएका छन् । उनका हिट गीत नै दर्जनौं छन् । उखु गुलियो, नन्दनी, झ्यालमा पर्दा छ, कपालु कोरेर, हान्छु तिमीलाई लौरीले, सोचे झैं जिन्दगी रैनछ, जाम साईंली, ‘सुर्ती माड्दै माड्दै गयो जोवन ‘लरिलरिलै रुन्छु बरिलै, लगायत छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । एक डेढ दशकदेखि सहकार्य गर्दै आएका खेमलाई पछिल्लो वर्षमा सर्वाधिक सफलता मिलेको छ । उनी गायन र लयको हिसाबले लोकदोहोरी क्षेत्रमा सर्वाधिक व्यस्त समेत बनेका छन् । विगतको असफलतादेखि अहिलेको सफलतामा यिनले राम्रो आम्दानी गरेका छन् । युट्युब भ्यूज, लय र स्वरबाट लिने पारिश्रमिक र कन्सर्टमा दिने प्रस्तुति नै यिनको प्रमुख आयश्रोत हो । यिनको नेट वर्थ अनुमानीत एक करोड रहेको छ ।

प्रताप दास : 
प्रताप दास नेपाली सांगीतिक क्षेत्रका जल्दाबल्दा गायक हुन् । यतिबेला प्लेब्याक सिंगीङमा चम्किएका उनको जन्म २०५० साल भदौ ३ गते ललितपुरको झरुवारासीमा भएको हो । सानैदेखि संगीतमा रुचि र सक्रिय रहेका प्रदापलाई नेपालको लोकप्रिय म्युजिकल रियालिटी शो नेपाल आइडलले चिनायो । आइडलको पहिलो सिजन सुरु गरेपछि प्रताप दासको नाम सबैभन्दा लोकप्रिय भयो । यस रियालिटी शोको दोस्रो रनरअप भएर उनले १० लाख रुपैयाँ नगद प्राप्त गरे । जज र दर्शकले उनको दमदार आवाज र उच्च आलाप लिन सक्ने क्षमताको निकै तारिफ गरे ।
यसो त उनीलाई सानैदेखि सांगीतिक गतिविधीमा सक्रिय हुन्थे । प्रतियोगिताहरुमा प्रथम हुन्थे । नेपाल आइडलमा आउनुभन्दा पहिले नै नेपाली सांगीतिक क्षेत्रमा केही मात्रामा भए पनि स्थापित थिए । आइडल अगाडि प्रतापले विद्यालय, कभर सङ हुँदै केही चलचित्रमा समेत गीत गाएका थिए। कलानिधि संगीत महाविद्यालयले आयोजना गरेको ‘कलानिधि आइडल’ जितेका उनी नेपाली तारा सिजन ३ मा पनि सहभागी भएर थर्ड रनरअप बन्न सफल भए ।
उनी उनी एकपछि अर्को हिट नम्बर लिएर मैदानमा आउँदैछन् । बाबरी फूलको बोट, यो शहरको भीडमालगायतका गीतहरूमा प्रतापले गरेको कभरलाई मन पराइएको छ । उनले विभिन्न चलचित्रहरुका गाएका धेरै गीतहरु हिट भएका छन् । जसमध्ये रोजी, हरयुग होस्, म माया लाउँदिन, किन यस्तो हुन्छ, फूल होइन जस्ता अनुराग, ‘मोटरसाइकलमा’ गीत ‘अलिकति स्वीट’ लगायतका थुप्रै गीत छन् । त्यसो त उनले एल्बमका लागि पनि गाएका छन् । उनी विभिन्न सांगीतिक कार्यक्रमहरुमा रोजाइमा पर्न सफल छन् । कलानिधि इन्दिरा संगीत महाविद्यालयमा संगीतमा स्नातक पढिरहेका अहिलेका हिट गायक प्रताप स्टुडियोमा गीत गाएर र कन्सर्टमा भाग लिएर राम्रो आम्दानी गरिरहेका छन् । उनी अनुमानित झण्डै एक करोडको मालिक बनेका छन् ।

प्रकाश दुतराज :
प्रतिभाशाली उदीयमान गायन तारा हुन् – प्रकाश दुतराज । २०५० साल पुष १७ गते म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका प्रकाश दुतराज थुप्रै गीतहरु बजारमा आएका छन् । सांगीतिक क्षेत्रमा एउटै स्वादबाट आजित भएका दर्शकश्रोतलाई दूतराजको नयाँ र फरक शैलीले गीतहरुले आर्कषित गरेको छ । दुतराजका गीत यूटुवमा खोजी–खोजी हेर्ने बानी दर्शकलाई परिसकेको छ । उनी संयात्मकलाई भन्दा गुणात्मकलाई विश्वास गर्छन् । हरेक गीतमा मौलिकतासँगै सामाजिक भाव दिने सन्देशहरू छरपस्ट हुने भएकाले धेरैको मनमा बस्न सफल दुतराजले एउटै गीतमा करिब आधा बर्ष तयारीमा जुटछन् । घेरै गीत रिलिजभन्दा एउटै गीतबाट धेरै दर्शकश्रोतलाई आर्कषित गर्ने स्वभावका प्रकाशले माउण्ट एभरेष्ट माध्यमिक विद्यालयमा निकै संघर्ष गरेर माध्यमिक पढाई पुरा गरे । उनले पढ्न मात्र नभई बाँच्नकैलागि पनि निकै संघर्ष गर्न पर्यो । गीटि कुट्ने, बालुवा बोक्ने सम्मको काम बाध्य भए । उनी सानैदेखी गीत भनेपछि हुरुक्कै हुन्थे । कुल, छिमेक, साथीभाईमा एक खालको माहोल थियो, ‘प्रकाशले गीत गाउँछ’ । ठुलो संघर्षले पढेका उनले ९ कक्षा पढ्दा नै गीत रेकर्ड गराउने अवसर पाए । उनको गायन रहर बुझेर नजिकका दाइहरूले उनी आफैंले लेखेको गीत रेकर्ड गराइदिएका थिए । २०६६ सालतिर रेकर्ड गरेको उनको गीत थियो ‘सिमसिम पर्यो पानी’ । आज तिनै प्रकाश संगीतकै प्रकाश भनेर चम्किरहेका छन् ।
दुतराजले पस्किएका पछिल्ला करिब आधा दर्जनगीतमा आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा, जाम भो माइलीमा मानवीय र सामाजिक सन्देश लुकेको छ । गीतलाई स्रोतादर्शकले रुचाउँछन् । बैनी झ्यालैमा, ‘चोली मैलो भो, घर कता हो बैनीको हुँदै, जाम भो माइली बाट प्रकाशले आफूलाई प्रमाणित गरिसकेका छन् ।
उनी आफू हुर्केको गाउँसमाज, त्यहाँको परिवेश, संस्कृतिलाई नै आफ्नो संगीतको धरातल मान्छन् । सोही कारण उनका गीतमा गाउँ समाज, परिवेशका कथा पाइन्छ । उनी नेपालीसँग अभिव्यक्त गर्ने थुप्रै कथा रहेको बताउँछन् । उनले नव गायकको विधामा राष्ट्रिय लोकदोहोरी अवार्ड, राष्ट्रिय ब्राण्ड म्यूजिक अवार्ड चुमिसकेका छन् । यतिबेला उनी देश विदेशमा हुने गरेका कन्सर्टहरुमा व्यस्त छन् । साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरेर गीतहरू पस्किने भएकाले यूटुव भ्युजबाट पनि मनग्य कमाइ गरिरहेका छन् । यसरी सांगीतिक क्षेत्रलाई पोषित गर्दै आफ्नो आर्थिक स्थितीलाई पनि दरिलो बनाउँदैछन् आजका लोकप्रिय प्रकाश ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु