मानुषी, तोसिमा, रन्जु दर्शनाले गरे राजनीतिक निकासबारे विभिन्न क्षेत्रका विज्ञसँग विमर्श

म्यूजिक खबर
प्रकाशित: १४ कार्तिक २०८२, बिहीबार ०१:१०

काठमाडौँ । देशको राजनीतिक जटिलताबाट बाहिर निस्कने सम्भावित निकासका विषयमा बुधबार काठमाडौँमा एक अन्तरक्रियात्मक कार्यक्रम भएको छ।

‘अबको राजनीतिक निकासः विज्ञहरूसँग विचार, विमर्श, परामर्श’ शीर्षकमा आयोजित उक्त कार्यक्रम युवा नेतृहरू मानुषी यमि भट्टाई, तोसिमा कार्की र रन्जु दर्शनाको संयुक्त पहलमा आयोजना गरिएको हो। भट्टराई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), कार्की राष्ट्रिय स्वतन्त्र पार्टी र दर्शना विवेकशील साझा पार्टीमा आबद्ध छन्।

कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, राजनीतिशास्त्री एवं विश्लेषक प्रा. कृष्ण खनाल, सम्पादक उमेश चौहानलगायत विभिन्न क्षेत्रका विज्ञ, युवा र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

वक्ताहरूले देशमा राजनीतिक आस्था घट्दै गएको, दलगत स्वार्थले जनअपेक्षा पूरा गर्न नसकेको र नयाँ सोच र नेतृत्वको आवश्यकता बढ्दो रहेको धारणा राखे।

वक्ताहरूले युवा पुस्ताको सक्रियता, सहकार्य र निरन्तर संवादमार्फत मात्र देशलाई स्थायित्व र सकारात्मक परिवर्तनको दिशातर्फ लैजान सकिनेमा जोड दिए।

उपस्थित विज्ञहरु :
डा. सुचेता प्याकुरेल
भवानी राणा
हिमा बिष्ट
इन्दु तुलाधर
रेशु अर्याल ढुङ्गाना
डा. दोभान राई
रिता शाह
सरु जोशी
सुनिल बाबु पन्त
उमेश चौहान
डा. राजेन्द्र बोहोरा
डा. निर्मल मणि अधिकारी
डा. अमिना सिंह
डा. बर्दन जङ्ग राना
डा. नवराज खतिवडा
डा. रमेश पराजुली
डा. सरोज धिताल
आमोद नाथ प्याकुरेल
अर्चना थापा
अर्जुन मणि दीक्षित
डा. चन्द्रमणि अधिकारी
डा. जय कुमार गुरुङ
कैलाश राई
कमलदेव भट्टराई
खगेन्द्र संग्रौला
नयनतारा गुरुङ कक्षपति
डा. कृष्ण खनाल
तेजमान श्रेष्ठ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु