स्वस्थानी ब्रतलाई लक्षित गर्दै तृप्ती र नरेनले ल्याए भजन गीत ‘जय स्वस्थानी माँ’

म्यूजिक खबर
प्रकाशित: ५ माघ २०८०, शुक्रबार

काठमाडौं । हिन्दु नेपालीहरुले हरेक वर्षको पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म ‘श्री स्वस्थानी व्रत’ उपासना गर्ने प्रचलन छ । यो वर्ष माघ ११ गतेबाट स्वस्थानी ब्रत प्रारम्भ हुने छ । यहि छेको पारेर स्वस्थानीको महत्व र महिमा बोकेको नयाँ भजन सार्वजनिक भएको छ । ‘जय स्वस्थानी माँ’ बोलको भजनलाई गायिका तृप्ती खड्का र नरेन न्यौपाने ‘अप्ठ्यारो’ ले सार्वजनिक गरेका हुन् ।
गायिका तृप्ती खड्काको स्वर रहेको उक्त भजन गीतमा नरेन न्यौपाने ‘अप्ठ्यारो’ को शब्द, सङ्गीत रहेको छ ।

गीतको भिडियोमा समेत गायिका तृप्तीले नै अभिनय गरेकी छिन् । भिडियोमा स्वस्थानी माताको महिमा गाउँदै पुजा आराधना गरेको देखाइएको छ । भिडियोलाई नरेन न्यौपानेको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु