• पहाडी बाटोमा हिंड्दैछन् छिरिङ भुटिया

    म्यूजिक खबर
    प्रकाशित: ३२ श्रावण २०७७, आईतवार

    काठमाडौं । गायक छिरिङ भुटिया यतिबेला पहाडी बाटोमा हिंड्दैछन् । पहिला धेरै गीतहरुमा स्वर दिएका भुटियाले पछिल्लो समय साउन्ड इन्जिनियरिङको पेशालाई समेटेरे हिंडे । तर वास्तविकतामा उनी एउटा सफल गायक हुन् । स्वर र सुरले भरिपूर्ण गायकका रुपमा परिचित भएर पनि समय र परिस्थिति अनुसार फरक बाटोमा हिंडेका उनले गायनमा भने निरन्तरता दिंदै आएका छन् । प्रत्येक वर्ष एउटा गीत लिएर बजारमा आउने गरेका उनी गायनभन्दा पनि साउन्ड इन्जिनियरिङको पेशालाई प्रमुखताका रुपमा लिने गर्छन् । तर गायनमा नै लाग्ने हो भने अरुलाई पछि पार्नेमा कुनै शंका छैन ।

    गायक भुटियाले यतिखेर सार्वजनिक गरेको गीत हो ‘पहाडी बाटोमा’ । महेन्द्र जोजोको शब्द र संगीतमा रहेको गीतमा गायक भुटियाले स्वर दिएका छन् । आफ्नै यूट्यूब च्यानलमार्फत सार्वजनिक गरेका उनले पहाडी बाटोमा गीत आफ्नो निरन्तरताको लागि सार्वजनिक गरेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु