३ दशकको यात्रामा तुलसी पराजुलीको ‘खोलीको पानीले’

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार

काठमाण्डौं । झण्डै ३ दशकदेखी नेपाली सांगीतिक क्षेत्रमा निरन्तर योगदना पू¥याउँदै आएका गायक तुलसी पराजुलीको स्वरमा नयाँ गीत ‘खोलीको पानीले’ सार्वजनिक भएको छ । रमेश अधिकारीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ । ए वान म्यूजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा आमोष तामाङको संगीत संयोजन रहेको छ । मिक्सिङ किशोर थापाले गरेका हुन् ।

गीतको भिडियोमा पछिल्लो प्रेम थापा, सगुन शाही र निशान क्षेत्रीको अभिनय रहेको छ । प्रेम थापाले निर्देशन गरेका हुन् । राम केसीको छायाँकन रहेको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् । प्रेम थापाको निर्देशन रहेको भिडियो म्यूजिक नेपालको यूट्युव च्यानलबाट सार्वजनिक भएको हो।

प्रस्तोता समाजका पूर्व अध्यक्षसमेत रहेका पराजुलीको यसअघि थुप्रै गीतहरु कालजयी बनेका छन् । गीति एल्बमहरु परदेशी, घुम्तीको बाटोमा, देउराली, बिरानो देश, मायाको चिनो, खोटाङ्ग जिल्ला दिक्तेल बजार, झलझली आँखैमा (सालैज्यु), घिन्ताङ्ग, लेकैमा चौरी, कुईनेटो, मूल बाटो, चौरीको छुर्पी लगायतका एल्बमहरु बजारमा आइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु