• तुलसीको ‘नामर्द पोइ’ सार्वजनिक (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: २४ श्रावण २०७६, शुक्रबार

    नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीतहरु धमाधम सार्बजनिक भैरहेका छन् । यसै मेसमेमा गायिका तुलसी क्षेत्रीको तीज गीत‘नामर्द पोइ’ सार्वजनिक भएको छ । ‘नामर्द पोइ’ बोलको गीतमा शब्द गोकुल सापकोटाको रहेको छ भने बिबि अनुरागीको संगीत रहेको छ ।

    उक्त गीतमा एउटा बिबाहित नारीलाई बच्चा नहुनुको पिडा कस्तो हुन्छ भने गीतमा समावेश गरिएको छ । उक्त गीतको भिडियोलाई युवराज भन्डारीले निर्देशन गरेका छन् । भने उक्त गीतको भिडियोमा एसिका क्षेत्री,गायिका क्षेत्रीको र हास्यकलाकार युवराज भन्डारीको अभिनय रहेको छ । ‘नामर्द पोइ’ बोलको गीतलाई गनेश सापकोटाको छायांकन रहेको छ भने संगीतकार बिबि अनुरागीकैे एरेन्ज रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु