क्यान्सर र मृगौला पिडीत सहयोगार्थ ‘तुलसी पराजुली साङ्गीतिक साँझ’को तयारी तिब्र

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार

काठमाडौं । चर्चित गायक तुलसी पराजुलीको एकल साँझ आयोजना हुने भएको छ । चौबिसे समाज, धनकुटाले प्रज्ञा प्रतिष्ठानमा यही चैत्र १७ गते कार्यक्रम आयोजना गर्न लागेको हो । क्यान्सर र मृगौला पिडीतको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको हो । आयोजकका अनुसार कार्यक्रमको तयारी तिब्र भइरहेको छ ।

‘तुलसी पराजुली साङ्गीतिक साँझ’ शीर्षकको कार्यक्रममार्फत गायक पराजुलीले आफ्नो जीवनकालमा गाएका महत्वपूर्ण र लोकप्रिय गीत संगीत प्रस्तुत गर्नेछन् ।

सामाजिक भावनासाथ आयोजना गरिएको साँझमा प्रायोजन, टिकट वितरण वा आर्थिक, नैतिक र भौतिक सहयोगका र सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ ।

कान्छीको छाता ढल्काइदेउ यता, आकाशैको कालो बादल, खोटाङ जिल्ला दिक्तेल बजार, आकाशैको कालो बादल, कान्छिको छाता, पाटनैका चिउरा लगायतका दर्जन बढि गीत प्रस्तुत गर्नेछन् ।

साथमा ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु