तुलसी पराजुली र प्रविशा अधिकारीको ‘बैंशको सत्यनाश’

म्यूजिक खबर
प्रकाशित: १२ आश्विन २०७९, बुधबार

काठमाडौं । लोकप्रिय गायक तुलसी पराजुली र लोकप्रिय गायिका प्रविशा अधिकारीको स्वरमा रहेको लोकगीत ‘बैंशको सत्यनाश’ सार्वजनिक भएको छ । गायक पराजुलीले पत्रकारहरुको माझमा भिडियोलाई सार्वजनिक गरेका हुन् । वरिष्ठ लेखक तथा निर्देशक लय संग्रौलाको प्रमुख आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार उत्तम केसी लगायतका अतिथिहरु एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।

युवा अवस्थाको प्रेमभावलाई गीतमार्फत् प्रस्तुत गरिएको यस गीतका रचनाकार रमेश बिसी हुन् भने संगीत गायक तुलसी पराजुलीकै रहेको छ । राजु कार्कीको संगीत संयोजन रहेको यो गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् ।
‘बैंशको सत्यनाश’ गीतको भिडियोमा रिचा थापा र धर्मेन्द्र आचार्यको अभिनय रहेको छ । भिडियोलाई मेघराज मगरातीले छायाँकन एवं सम्पादन गरेका छन् भने शिव विकले भिडियोको निर्देशन गरेका छन् भने माधव श्रेष्ठको कोरियोग्राफी रहेको छ । गीतको भिडियोलाई गायक तुलसी पराजुलीकै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु