
काठमाडौं । गीतकार तुलसी प्रसाद ढकालको पहिलो एल्बम “हिमाली सुस्केरा” सार्वजनिक भएको छ । साहित्यकार तथा पूर्व मुख्य सचिव विमल काेइरालाकाे प्रमुख आतिथ्यतामा गीतिएल्बम “हिमाली सुस्केरा”काे सार्वजनिक गरिएको हाे ।
गीतकार संघ नेपालका पूर्व अध्यक्ष चुडामणिा देवकोटाकाे सभापतित्वमा कार्यक्रममा साहित्यकार पूर्व मुख्य सचिव विमल पाैडेलकाे प्रमुख आतिथ्यता रहेको थियोे ।
विशेष अतिथि टंक ढकालले कला साहित्यकाे भाषा, जात,भूगोल नहुजे बताउँदै राष्ट्रकाे पहिचान भएको बताए । राजनीतिमा लाग्नेलाई धेरै टिकाटिप्पणी हुन्छ तर कला क्षेत्रमा लाग्नेकाे नाम सदैब चर्चामा हुन्छ । साहित्यकार इमानदार हुन्छन् भन्दै काकाकाे कला क्षेत्र अमर रहने बताए ।
वरिष्ठ सङ्गीतकार शक्ति वल्लभले गीतकार तुलसी प्रसाद ढकालको सिर्जनाले नै लाेकलय भाव प्रकट गरेकाे बताउँदै सङ्गीत सिर्जना गर्न सहज भएको बताए । आशावादी गीत, सकारात्मक साेचकाे सिर्जना, सामाजिक जागरण, राष्ट्रियभाव, वर्गीय खिलाफमा समेत उहाँको सिर्जना रहेको बताए । गीतमा ग्रामीण जीवन र यथार्थता प्रस्तुत गर्न सफल हुनुभएको गीतकार ढकाललाई शुभकामना दिएका थिए ।
कार्यक्रममा गीतकनर तुलसी प्रसाद ढकालले उपस्थित अतिथिहरुलाई आभार प्रकट गर्दै गीतिलेखनका बारेमा प्रष्ट पारेका थिए । सिर्जना पहिलोदेखि नै सिर्जित भए पनि औपचारिक रुपमा रेकर्ड गरि पहिलो एल्बम ल्याउन पाएकाेाा खुशी व्यक्त गरे । जागिरका क्रममा विभिन्न ठाउँमा पुग्दा भाेगेका र देखेका अनुभवलाई गीतमा प्रस्तुत गरेको बताए ।
कार्यक्रममा एल्बमको तर्फबाट गायक आनन्द कार्कीले रेकर्डकाे क्रममा भएको अनुभव सुनाउँदै शक्ति वल्लभ आफ्नो गुरु भएको बताए । स्रोता दर्शक, विद्यार्थी हुँद वरिष्ठ हुने हाे भन्दै धैर्यता र निरन्तरता महत्त्वपूर्ण भएको बताए । पछिल्लो समय सङ्गीत क्षेत्रमा एक्लै एक्लै हुँदै गएको अवस्थामा हिमाली सुस्केराले एकजुट बनाएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि साहित्यकार विमल काेईरालाले गीतकार ढकाललाई शुभकामना दिए। उनले राजनीतिलाई व्यङ्ग्य गर्दै कुनै पनि कुरा अध्ययन नगरी बाेल्ने भनेको राजनीतिकर्मी मात्रै भएको बताए । सिर्जना गर्नु धेरै गाह्रो काममध्येकाे एक हाे । गीत लेख्नु सहज कुरा नभएको बताउँदै ढकालसँग धेरै चुनाैति रहेको बताए । राष्ट्रियता कुरा गर्नेले कामहरु अराष्ट्रिय काम गर्छ तर राष्ट्रिय गीत सिर्जना गर्नेसँग भावना बिचलित नहुनेसमेत बताए ।
कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष चुडामणि देवकोटाले गीतकार तुलसी प्रसाद ढकालकाे पहिलो एल्बम भए पनि सिर्जना अब्बल रहेकाे बताए । सिर्जना माटो र मुटुसँग सम्बन्धित हुने बताउँदै एल्बमका गीतहरू माटाेसँग गाँसिएको बताए । पहिला सँगसँगै यात्रा गरको व्यक्ति फेरि सँगै हुन पाएकाे बताउँछ साहित्य ठूलो विधा गीत भएको बताए । गीतमा राजनीतिक आन्दोलन भन्दा ठूलो शक्ति भएको बताए ।
कार्यक्रम गीतकार सुशिला पाैडेलले सञ्चालन गरेकी थिइन् भने स्वागत मन्तव्य एल्बमको प्रस्तुतकर्ता हिरादेवी ढकालले दिएकी थिइन् ।
एल्बममा पाँच गीत समावेश रहेको छ । बिना शान्ति हुन्न विमास, मयुर ढुकुर, विदेश जान्न, सत्य साँचाे, गुटबन्दी अनेकता जस्ता रहेका छन् ।
सुमित खड्का, रामकृष्ण ढकाल, शिशिर याेगी आनन्द कार्की र रचना रिमालकाे स्वर रहेको छ। एल्बममा वरिष्ठ सङ्गीतकार शक्ति बल्लवकाे एकल सङ्गीत रहेकाे छ । मनाेहर सुनामकाे सङ्गीत संयाेजन तथा भाेला पाैडेलकाे मिक्सङ रहेकाे छ ।