‘बसौंन तिमी र म’ बाट प्रशंसा बटुल्दै तुलसी र रिता

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७९, बुधबार

काठमाडौं । नेपालमा अपेक्षाकृत उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, ‘बसौंन तिमी र म’।

गायक तुलसी सिवाकोटी र गायिका रिता केसीको सुमधुर स्वर रहेको उक्त गीतमा शब्द संगीत भने रबि मल्लको रहेको छ ।
सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट सार्वजनक गरिएको उक्त गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका छन् भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन् ।

गीत सार्वजनिक भएसँगै गीतलाई दर्शक श्रोताको तारिफ मिलेको छ। गीतको उत्कृष्ट शब्द संगीत र स्वर रहेको गीत रहेको भन्दै युट्युबको कमेन्टमा गीतको विशेष प्रशंसा भएको हो।

गीतको भिडिओमा विकास लामिछाने र अलिया अधिकारी प्रेमील जोडीका रुपमा प्रस्तुत भएका छन् । भिडिओलाई क्यामेरामेन दिनेश पराजुलीले खिचेका हुन् भने सम्पादन दिनसन साहले गरेका छन् । त्यस्तै, भिडिओको निर्देशन एवम् कोरियोग्राफी केशव राज भट्टले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु