टुलिप युनिसेक्स सलुन एण्ड हेयर ब्यूटी मेकअप स्टुडियो सञ्चालनमा

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७७, मंगलवार

काठमाडौं । काठमाडौँको वीर अस्पताल पछाडि महाबौद्धमा टुलिपयुनिसेक्स सलुन एण्ड हेयर ब्यूटी मेकअप स्टुडियो सञ्चालमा आएको छ । उक्त मेकअप स्टुडियोको वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने पाठक, गायिका देविका वन्दना र मिसेज ब्यूटी क्विन नेपालका विजेताहरुले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न व्यवसाय गर्दै आउनुभएका रसुमिला श्रेष्ठ, कल्पना राजभण्डारी तथा शरोजा मानन्धरको संयुक्त लगानीमा महाबौद्धस्थित आकार कम्प्लेक्समा सुविधासम्पन्न युनिसेक्स सलुन एण्ड हेयर ब्यूटी मेकअप सञ्चालनमा ल्याइको हो ।

उक्त कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले व्यावसायिक सफलताका लागि शुभकामना दिँदै महिला दिदीबहिनीहरुलाई व्यावसायिक क्षेत्रमा स्वावलम्बन बन्न र आफ्नो मेहनतका साथै कला क्षमता प्रदर्शनसँगै आर्थिकरूपमा राम्रो आम्दानीको माध्यम भएकाले व्यावसायिकरूपमा सफल भएर अगाडि बढ्न मद्दत पुगेको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने आचार्यले महिलाहरु घरको चुलाचौकाभन्दा माथि उठेर यस क्षेत्रमा लागि स्वरोजगार बन्न ठुलो अवसर प्राप्त भएकाले यसलाई ठूलो उपलब्धी मान्न सकिन्छ भन्नुभयो ।

उक्त स्टुडियोमा अनुभवी व्यूटीसियनहरुद्वारा कपाल काट्ने, हेयर स्टाइलिङ गर्ने, बडीवाक्स, फेसियल, मेनीकियर, पेडीकियर, आइल्यास एक्स्टेन्सन, मेहेन्दीलगायत विवाहका लागि सम्पूर्ण महिला तथा पुरुषलाई आवश्यक पर्ने मेकअपको सेवा दिइने छ ।
स्टुडियोको उद्घाटनको अवसर पारेर एक महिनासम्म महिला तथा पुरुषको लागि सम्पूर्ण सेवामा ३० प्रतिशत छुट गरिएको सञ्चालक रसुमिला श्रेष्ठले जानकारी दिनुभयो । आगामी दिनमा नियमित ग्राहकका लागि पनि विशेष छुटको अफर योजनाहरु पनि रहेको उहाँले बताउनुभयो । कार्यक्रमको संयोजन सिजन मिडियाले गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु