ट्वाक्क टुक्क रिटर्न्स डिसहोमबाट पुन प्रसारण हुने

म्यूजिक खबर
प्रकाशित: ११ भाद्र २०७७, बिहीबार

काठमाडौँ – कमेडी दुनियामा कुनै समय सर्बाधिक लोकप्रिय कार्यक्रम ट्वाक्क टुक्क पुनः ट्वाक्क टुक्क रिटर्न्स को नामले आऊने भएको छ ।दिनेश डिसीको निर्देशनमा २५ बर्षअघि नेपाली टेलिभिजनबाट दर्शकको चाहना र रोजाईको सर्बाधिक सफल त्यो बहुचर्चित टेलीसिरीयल ट्वाक्क टुक्क को नयॉ संस्करणमा स्वर्गीय केशव भट्टराई, लय संग्रौला, ऊत्तम केसी, दिनेश डिसी, शिवशंकर रिजाल, जोगीन्दर, सुरेन्द्र केसी मुलाकोसाग, गोपाल ढकाल छन्दे, महादेव त्रिपाठी, रेशम फिरिरी,शुशिला निरौला(बिम्ली), बिन्दा खतिवडा, जुंगे भट्टराई, माधब पण्डित,शंकर पाण्डे, सुरेश असिम, मनीष श्रेष्ठ, आशीष ठकुरी, शंकर महर्जन, जनक खड्का, विनोद परियार, गिरी राज, दुर्गाराज पाण्डे, अमन श्रेष्ठ, केशवराज अर्याल, अर्जुन तुम्हारी, केशर कार्की, अनुरोध अधिकारी, नबिन बिशुंखे, आदिको साथमा चर्चित सेलीब्रिटीहरूको अभिनय रहेको छ ।

छिटै डिसहोमको कमेडि सेन्ट्रल च्यानल नं १०८ बाट प्रसारण हुने यस कार्यक्रम हप्ताको २\३ भाग प्रदर्शन गर्ने तयारी गरिएको छ। पहिलो ७० भाग रिपीट आएपछि नयॉ छायॉकन गर्दै नयॉ तरीकाले अगाडी बढाईने निर्माण टिमले जनाएको छ ।

२५ बर्षअगाडी बहुचर्चित निर्देशक आवाजको दुनियाको साथी दिनेश डिसी निर्देशित त्यै बहुचर्चित कार्यक्रमबाट अहिलेका कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, गोपाल नेपाल फिस्टे, नारद खतिवडा, नारायण त्रिपाठी, रबी लामीछाने, महादेब त्रिपाठी, राजन घिमीरे लगाएतको ऊत्पादन भएको थि़यो भने दोश्रो शृंखलाबाट बिनोद परियार “मैले जान्याछुबुझ्याछु” विश्वआनन्द पोखरेल ‘जिन्दाल’, बालकलाकार अनुरोध अधिकारी आदि चर्चामा छन् भने अन्य व्यस्त छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु