• फरक शैलीमा मौलिकता बोकेको गीत ‘छानू’

    म्यूजिक खबर
    प्रकाशित: १९ भाद्र २०७९, आईतवार

    काठमाडौं । अमृत भारतीको शब्द तथा संगीतमा सजिएको ‘छानू’ (मेलोबाबा–२) गीत सार्वजनिक भएको छ । गीतमा रामकुमार नेपाली र शान्तिश्री परियारको स्वर रहेको छ । गीतको संगीत संयोजन केशव बडुले गरेका छन् भने कुमार सानु पुनले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । गीतमा अरुण नेपाली, मनोज लामिछाने, शशिकला मोक्तान र अन्जु लामा तामाङको कोरस भोकलमा स्वर सुन्न सकिन्छ ।

    प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा चर्चित कलाकार सागर लम्साल ‘बले’, गीता ढुंगाना र उषा उप्रेतीको मुख्य भूमिका रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

    भारती पिक्चर्स यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । युट्युबको गीतलाई मौलिक भन्दै सकारात्मक प्रतिक्रियाहरु आएका छन् ।

    उक्त गीतलाई चर्चित गीत मेलोबाबाको दोस्रो सिरिजको रुपमा सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु