उदित नारायणको स्वरमा नयाँ गीत ‘होशमा बेहोशि’ (भिडियोसहित)

म्यूजिक खवर
प्रकाशित: ३० असार २०७६, सोमबार

काठमाडौं – काल झैं स्वरका धनी उदित नारायण झाले लामो समयको अन्तरालपछि नेपाली सुुगम गीतमा आवाज दिएका छन् । नेपाली दर्शकको मन मुटुमा बस्न सफल गायक झाले सत्याकृत ब्यण्ड को प्रस्तुतिमा ‘होशमा बेहोशि’ बोलको गीतमा आवाज भरेका हुन् । गीतको म्युजिक भिडियो, रेकर्डिङ ,मिक्सिङ, मास्टरीङ ,सम्पूर्ण कार्य मुम्बईमै गरिएको हो । विजय गौतमको शब्द तथा संगीत रहेको उक्त गीतमा संगीत संयोजन गोपाल रसाईलिको रहेको छ । गीतको म्यूजिक भिडियो निर्देशन÷सम्पादन पनि स्वयम् विजय गौतमले नै गरेका हुन् । गीत रेकर्डिङका क्रममा गायक झाले करियरमै सबैभन्दा मिठो गीत गाएको बताएका थिए । उनले मिठोसँगै गायनका लागि निकै चुनौतीपूर्ण रहेको यो गीत पशपतिनाथको कृपाले गाउन सहज भएको प्रतिक्रिया समेत दिएका थिए । गायक झाले गाएको गीत ‘श्री हजुर’ नामको महिमामा आधारीत छ । सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुब च्यानलमा रिलिज गरिएको छ । यसअघि पनि सत्याकृत ब्याण्डले भक्ति, प्रेम र सत्य भावका गीत संगीतहरु दर्शकसामू पस्किदै आईरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु