• ७० वर्षिया गायत्रीसँग व्यवसायिका गायिकाहरुले गाए ‘उहिलेका भाका’

    म्यूजिक खबर
    प्रकाशित: २३ श्रावण २०७९, सोमबार

    काठमाडौं । नजिकिंदो तीज पर्वसँगै तीज विशेष गीतहरु पनि सार्वजनिक हुने क्रम बढ्दो छ । यहि क्रममा मौलिक तीज गीत ‘उहिलेका भाका’ सार्वजनिक भएको छ । गीतमा व्यवसायिक गायिकाहरु जुनु रिजाल, लक्ष्मी मल्ल, मान्डवी त्रिपाठी, सारिका घिमिरेसँगै ७० वर्षिया गायत्री भण्डारीको स्वर रहेको छ ।

    गीतलाई तीजको यथार्थ झल्को दिनका लागि रामचन्द्र काफ्ले र श्रीकृष्ण बम मल्लले पनि स्वर भरेका छन् । गीतमा गायक काफ्लेको संगीत छ भने शब्द श्रीकृष्ण बम मल्लको शब्द रहेको छ । योगेशकाजी शाहले एरेन्ज गरेको गीतलाई पवन विकले मिक्सिङ गरेका हुन् ।

    शंकर बिसीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा पल्पसा डंगोल, सविता गुरुङ, करिश्मा ढकाल, एरोना मल्ललगायत कलाकारको अभिनय हेर्न पाइन्छ । दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई प्रबिण भट्टले सम्पादन तथा मास्टरिङ गरेका हुन् ।

    गीतलाई ‘रामचन्द्र काफ्ले’ य्ुट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु