शिशिर बुढाथोकी, प्रतिक्षा खड्का र अस्मिता रानाको अभिनयमा ‘दुई बुढी नम्बरी’

म्यूजिक खबर
प्रकाशित: ४ श्रावण २०७९, बुधबार

काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७९ लाई लक्षित गर्दै फरक(फरक स्वादका गीत संगीतहरु सार्बजनिक भइरहेका छन् । सोहि क्रमममा आफ्नै कला संस्कृति र मौलिकको जगेनार्थ उमेश श्रेष्ठ र सलिना मोक्तानको संयुक्त प्रस्तुति ‘दुई बुढी नम्बरी’ भर्खरै सार्बजनिक भएको छ । उनले यस भन्दा अगाडी पनि कहाँको मैच्याङ्ग चिटिक्कै, काभ्रे ढुंगखर्क, लाइरन्छ मनमा डर लगाएतका थुप्रै गीत संगीत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भैसकेका छन् ।

प्रस्तुत गीतलाई लय प्रस्तुतकर्ता स्वयम् उमेश श्रेष्ठ र शब्द देबेन्द्र लामिछाने भरेका हुन् भने स्वर जनक लामा, उमेश श्रेष्ठ अर्चना स्याङ्गतान र सलिना मोक्तानको रहेको छ । एक पुरुषको दुईवटा श्रीमती कसरी घर सम्हालेर बस्न सक्छन भन्ने कथावस्तुमा तयार भएको यस गीतको म्युजिक भिडियोमा शिशिर बुढाथोकी, प्रतिक्षा खड्का र अस्मिता रानाको आकर्षक अभिनय देख्न सकिन्छ ।

शिशिर बुढाथोकी द्वारा निर्देशित भिडियोलाई छायांकन दिपक गिरी, लगाएत समुहले गरेको भने सम्पादन कल्पेश बि।क ले गरेका छन् । गीतलाई उमेश कभर मिडिया युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु