कालजयी गीतसँगै गुञ्जिइन् उन्नती बोहरा ‘शिला’, शम्भूजीतलाई १लाख ५१ हजार नगदसहित अभिनन्दन

म्यूजिक खबर
प्रकाशित: १८ कार्तिक २०८३, मंगलवार २३:१६

काठमाडौं । विगत छ दशकदेखि साहित्य र सङ्गीतमा निरन्तर साधना गरिरहेकी प्रतिष्ठित गीतकार तथा साहित्यकार प्राज्ञ उन्नती बोहरा ‘शीला’को नाममा भएको ‘फर्की आउ शान्ति तिमी उन्नती शीला संगीत समर्पण साँझ– २०८३’ भव्य रुपमा सम्पन्न भएको छ । उन्नती बोहरा शीला गीत पुरस्कार मञ्चको आयोजनामा कार्तिक १५ गते आइतबार राजधानीको नेपाल पुलिस क्लबमा सम्पन्न भएको हो । मन्धुम संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजीत बासकोटालाई अभिनन्नदन गर्दै संगीत समर्पण साँझ सम्पन्न भएको हो । संगीतरत्न बासकोटालाई नगद राशि १ लाख ५१ हजार रुपैयाँ सहित अभिनन्दन गरिएको थियो ।

प्रतिष्ठित गीतकार प्राज्ञ उन्नतीबोहरा ‘शीला’कोे ६० वर्षे साहित्यिक र ५४ वर्ष लामो नेपाली गीतलेखन यात्राको ऐतिहासिक कार्यक्रमका रुपमा समर्पण साँझलाई लिइएको छ । नेपाल पुलिस क्लबको प्रेक्षालयमा दर्शकहरुको उपस्थितिले सिर्जनालाई उचाई अझै बढाएको बताउँदै गीतकार शीलाले गीतसिर्जना र साहित्यमा नै आफूले जीवन समर्पण गरेको बताइन् । उपस्थित अतिथिहरुलाई सम्बोधनगर्दै गीतकार शीलाले आफ्ना श्रीमान दीपक बोहरा, छोरी चाँदनी बोहराप्रति समर्पण गर्दै एकला साँझमा आफ्ना २५ वटा गीतहरु प्रस्तुत गरेको बताइन् ।

‘शीला’का हालसम्म सयौं गीतहरु रेकर्ड छन् । एकल साँझमाउनीद्वारा रचित २५ गीतहरु कार्यक्रममा प्रस्तुत भएका थिए । जसमा शम्भुजीतबास्कोटा र दीपकजङ्गमले कर्णप्रिय संगीत भरेका छन् । एकल साँझका लागि चयन भएका गीतहरु जननी जन्म भूमिश्च, कहिं कतै लडखडाए भने, फर्र्काइदेउ मेरो प्रेमपत्रहरु, बाँध बाँध मलाई मायाले बाँध, त्यो दिनयाद गर, भूलभयो मबाट, फर्की आउ शान्ति तिमी, कस्ले पो देख्छ र, यति गहिरो चोट, सिमलको फुल सरी, म झरनासँग झरझर, बदनाम हुन देउ, सँग जिउने, प्रकृति, यो लामो जीवनमा, मेरो आशक्तिका भावना, मलाई उजाड बनाएर, सेती खोला सँगसँगै तरौंला, के भूल गरें मैंले, डाँडाकाडाँ ढकमक ढाकी, आँखाको परेलीमा, तिमी मेरो प्रेम कहानी, ए निल गगनमा उड्ने पंक्षी, तिमी नभए यो, गुराँसको रंग रातो लगायतलाई विभिन्न गायकगायिकाले प्रस्तुत प्रस्तुत गरेका थिए ।

प्रत्यक्षवाद्यवादनसहित प्रमोद खरेल, बानिका प्रधान, माण्डवी त्रिपाठी, प्रविन बेडवाल, जगदिश समाल, कर्णदास, प्राश्नाशाक्य, आनन्द कार्की, संगीता राना प्रधान, निशा देशार, संजय तुम्रुक, विश्व नेपाली, टिका प्रसाईं, सरिता शाही, सुरेश लामा लगायतले उनका चर्चित गीतहरुमा प्रस्तुत दिएका थिए । उक्त साँझमा प्रस्तुत भएका गीतहरुमा शम्भुजीत बास्कोटा र दीपकजङ्गमको कर्णप्रिय संगीत रहेको थियो भने सङ्गीत समर्पण साँझको २१ जनावाद्यवादकलाई संगीत कन्डक्ट भने वरिष्ठ संगीतकार तथा संगीत संयोजकमनोहर सुनामले गरेका थिए ।

यो कार्यक्रमको सबैभन्दा सुन्दर पाटो यसको नामकरण हो । गीतकार शिलाले रचेको अत्यन्तै लोकप्रिय र कालजयी देशभक्तिगीत ‘फर्की आऊ शान्ति तिमी’लाई नै सिङ्गो उत्सवको नाम (शीर्षक) दिइएको थियो । कर्ण दासको स्वर र शम्भुजीत बास्कोटाको सङ्गीत रहेको यो गीत नेपाली सङ्गीत इतिहासकै एउटा महत्त्वपूर्ण खम्बा मानिन्छ । सङ्गीतबजारमा गीतकारको आफ्नै सफलगीतको शीर्षकलाई कार्यक्रमको नाम दिनु गीतकार उन्नती बोहरा ‘शिला’को साङ्गीतिक कद र शब्द–शक्तिको ठुलो सफलता भएको मान्न सकिन्छ ।

कार्यक्रममा गायिका तथा संगीतकार मीरा राणा, साहित्यकार उषा शेरचन, चलचित्र सम्पादक नरेन्द्र खड्का, वरिष्ठ गायक कर्ण दास, कलापत्रकारद्वय राजाराम फुयाल, डब्बु क्षेत्री, संगीतकार तथा संयोजक मनोहर सुनाम र अमूलकार्की ढली, फोटोग्राफर मनोज शाही र नृत्याङ्गना प्रितिशा केसीलाई जनही २१ हजार नगद राशिसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठित संगीतकार दिपक जंगम, प्रतिष्ठित गीतकार राजेन्द्र थापा, श्रीपुरुष ढकाल, प्रतिष्ठित अभिनेता निर शाह, प्रतिष्ठित अभिनेत्री बसुन्धरा भुसाल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, बरिष्ठ गायिका देविका बन्दना, बिमला राई, बरिष्ठ संगीतकार राजु सिहं, चलचित्र निर्माता प्रदिप उदय, पत्रकार सुमन पण्डित बैरागी, जयनेपाल पार्टीका अध्यक्ष धवल शमशेर राणा, राप्रपाका नेता भुवन पाठक, कलाकार, राजनीतिज्ञ तथा समाजका विविध क्षेत्रका ख्यातीप्राप्त व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई उद्घोषद्वय हेम सुवेदी र सेसेमी लिम्बुले सञ्चालन गरेका थियो ।

गीतकार उन्नती बोहरा ‘शीला’का ‘कोसेली उसैलाई’, ‘भावनाका तरंग’, ‘अदृश्य घाउ’ जस्ता कृतितथा ‘सिक्काकादुई पाटा’ उपन्यास प्रकाशित छन ्। उनका केही साहित्यिक सिर्जना अंग्रेजी भाषामा समेत अनुवाद भएका छन् । नेपाली गीतसाहित्यमा उनको योगदानबारे त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक अनुसन्धानसमेत भएको छ ।
महिला गीतकार संघको संस्थापक अध्यक्षसमेत रहेकीबोहरा विभिन्न साहित्यिक तथा सामाजिक संघसंस्थामा सक्रिय रहँदै आएकी छन् । साहित्य र संगीतमा पु¥याएको योगदानका लागि उनले प्रबलगोरखा दक्षिणबाहु, म्युजिकखबर संगीतशीला सम्मान, नेशनल क्यापिटल लाइफटाइम अचिभमेन्ट अवार्ड लगायतका दर्जनौं अवार्ड, सम्मानप्राप्त गरेकी छन्।
पर्दा पछाडिका सर्जकहरूको सम्मान र नयाँ पुस्ताकागीतकारहरूकालागि ठुलो प्रेरणा बनेको साथैशब्द र भावनाको साझामहोत्सवबन्न सफल भएको आयोजक संस्थाको दाबी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट

Warning: Use of undefined constant post_date - assumed 'post_date' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 25

Warning: Use of undefined constant desc - assumed 'desc' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 26