नायिका श्वेता खड्का द्वारा ‘Ur’s Shop’ को तेस्रो शाखा उद्घाटन

म्यूजिक खबर
प्रकाशित: १८ आश्विन २०७७, आईतवार

काठमाडौं – युवा ब्यबसायी तथा कलाकार उषा रुम्वाद्धारा सञ्चालित ‘Ur’s Shop’ को तेस्रो शाखा विस्तार भएको छ । नयाँ बानेश्वर स्थित ‘Ur’s Shop’को नायिका श्वेता खड्काले औपचारिक रुपमा उद्घाटन गरेकी हुन् । विगत १५ वर्ष देखि निरन्तर महिलाहरुको फेन्सी कपडा ब्यापार शुरु गरेकी युवा उद्यमी रुम्वाले आफ्नो पसलको तेस्रो शाखा विस्तार गरेकी हुन् ।

महिलाहरुको लागि हरेक सामान पाईने Ur’s Shop मा नायिका श्वेता खड्का समेत निरन्तर ग्राहक हुन् । आफ्नो ग्राहकको सुविधालाई मध्य नजर गर्दै पुरानो बानेश्वरमा आफ्नो दुई वटा पसल पछि अहिले नयाँ बानेश्वरमा स्थापना गरेको सञ्चालक रुम्वाले बताईन् । कोभिड -१९ को महामारी विच र दर्शैको समयमा विशेष छुटका साथ विक्रि गरिने समेत रुम्वाले जानकारी दिईन् । सञ्चालक रुम्वाले विभिन्न म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छिन् भने महिलाको फेन्सी कपडाको ब्यापार गर्ने उनी सफल महिला उद्यमी हुन् । उक्त स्टोरमा १० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु