यौनहिंसामा केन्द्रित हुँदै उषाको ‘आधि’

म्यूजिक खबर
प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । नेपाली साहित्यका सबै बिधामा कलम चलाउँदै आएकी सफल लेखिका एवं साहित्यकार उषा शेरचनको नयाँ औपन्यासिक कृति ‘आधि’ एक समारोह बिच सार्वजनिक भएको छ । कार्यक्रममा प्रमुख अतिथि गीतकार तथा चलचित्रकर्मी चेतन कार्कीले उषाका केहि अन्तरङ्ग प्रसङ्गको साथमा शुभकामना दिएका थिए ।

त्यस्तै समारोहमा उपन्यासमाथी साहित्यकर्मी कुमारी लामाले टिप्पणी गरेकी थिईन् । त्यसैगरी साहित्यकार पद्मावति सिंहले पनि उपन्यासको तारिफ गर्दै उषाको लेखनमा पाइने प्रवृतिगत विशेषताबारे चर्चा गर्दै सफलताको कामना गरेकी थिईन् ।

कार्यक्रममा नेपाली संगीत तथा साहित्य क्षेत्रका सर्जक तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिती थियो । पुस्तक बुक हिल प्रकाशनले बजारमा ल्याएको छ । आफ्नो नविनतम कृति आधिमा उषाले यौनहिंसालाई मियो बनाएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु