उत्तमको शव्द संगीत अनि अनामिकाको स्वरमा तिम्लाई मैले फुल

म्यूजिक खवर
प्रकाशित: १६ असार २०७९, बिहीबार

लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गीतकार तथा संगीतकार उत्तम भण्डारीको शव्द संगीतमा तिम्लाई मैले फुल सम्झेको थिँए सार्वजनिक भएको छ । यसै गीतमार्फत नेपाली गीत संगीत क्षेत्रमा नव गायिका अनामिका बस्नेत गौतमले पहिलो पाईला टेकेकी छिन् ।

संगीतको खास्सै औपचारिक शिक्षा हासिल नगरेपनि गायिका गौतमको यो पहिलो प्रयास भने तारिफयोग्यनै छ । गाउँले दाई उत्तम भण्डारी र श्रीमान् बेजिन्द्र गौतमको साथ र हौसलाले उनलाई संगीत क्षेत्रमा अगाडि बढ्न सहयोग पुगेको छ ।

आगामि दिनमा संगीतका थप कक्षाहरु लिने र औपचारिक रुपमै संगीत अध्ययन गर्ने योजना बनाएकी गायिका गौतमका अन्य गीतहरु पनि रेकर्डिङको क्रममा छन् । हाललाई स्टुडियो भिडियो मार्फत बजारमा ल्याईएको गीतको अफिसियल भिडियो पनि छिट्टै बजारमा आउने गीतकार संगीतकार उत्तम भण्डारी बताउँछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु