• उत्तमको “झोला भरी” सार्वजनिक ! हेर्नुहोस भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: १९ असार २०७५, मंगलवार

    काठमान्डौ, असार १९ । युवा पुस्तामा निकै रुचाइएका गायक उत्तम विक्रम विष्टको लाखौँ नेपाली युवा युवतिको भोगाईमा आधारित बाध्यतालाई समेटिएको गीतको “झोला भरी” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

     गीतकार उवि उवि को शब्द रचना मा रहेको गीतमा उत्तम विक्रम विष्टको सुमधुर संगीत रहेको छ भने गीतमा कृष्ण पुनको संगीत संयोजन छ ।

     बविता श्रेष्ठद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल सोभा भण्डारी , अमन श्रेष्ठ र साथीहरुको उत्कृष्ट अभिनय रहेको छ । भिडियोलाई मुकेश हुमागाईँले छायाँकन गरेका हुन भने अविनास डिसीले सम्पादन गरेका हुन ।

     हेर्नुहोस भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु