अन्नु र उत्तम जङ्गको ‘मायाको डोरीले’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७६, बिहीबार

काठमाडौं । गायिका अन्नु चौधरी र गायक तथा संगीतकार उत्तम जङ्ग लिम्बुको स्वरमा ‘मायाको डोरीले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गीतकार तथा युटुवर अनुप लिम्बुको शब्द र गायक स्वयंकै संगीत रहेको छ । ‘मायाको डोरीले’ बोलको गीतको भिडियोलाई बिज्ञान राईले निर्देशन गरेका हुन् भने सोही गीतको भिडियोमा नायिका सारा सिर्पाली र उत्तम जङ्ग लिम्बुको अभिनय रहेको छ ।

उक्त गीतमा कमल राईको कोरियोग्राफी, र कमल तिवारीको छायांकन रहेको गीतको भिडियोलाई बिज्ञान राईले सम्पादन गरेका हुन । गीत माया प्रेममा आधारित गीत हो । उनी गीत उत्कुष्ट बन्ने र दर्शक श्रोताहरुले मन पराउनेमा निकै आशावादी छन् । ‘मायाको डोरीले’ बोलको गीतलाई गोल्डेन टिभी युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु