उत्तम केसीको अभिनयमा ‘देखे सन्ततीले छलेको कहानी’

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७७, बिहीबार
Utaam KC

काठमाडौं । निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी’ सार्वजनिक भएको छ । टिका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको सङ्गीत र अमोस तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

यो गीत ‘प्रिती’ एल्वममा समावेश छ । छोराछोरीले वृद्धाआश्रमसम्म कसरी पुर्‍याउँछन् भन्ने कथा गीतमार्फत सन्देश दिन खोजिएको छ । गीतको भिडियोमा बुहारीले बृद्धाआश्रमबाट घरमा फिर्ता लेराएको देखाइएको छ ।

दिनेश राज शर्माले निर्देशन गरेको गीतको भिडियोमा उत्तम केसी नेपाल, टिका भट्टराई नेपाल, झापाली कान्छा, देवीचरण भण्डारी निर्मला चौलागाई, प्रतिक नेपाललगायतको अभिनय गर्नुभएको छ ।

झापाको कोटीहोम दोमुखा माईधार आसपासमा छायाँकन गरिएको गीतको भिडियोमा सन्तोष राना मगरको छायांकन तथा सम्पादन छ । भिडियोलाई दर्शन प्रोडक्सनको युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नगेन धिमालको ड्रोन र कृष्ण सुवेदीको शृङ्गार छ भने पब्लिसिटी डिजाइन प्रेम शर्माको छ ।

यसअघि टिकाले थुप्रै गीतहरू बजारमा लिएर आउनुभएको छ । शिशिर योगीको स्वरमा ‘तिम्रो तस्वीर यि आखामा’ नरेन्द्र प्यासीको स्वरमा ‘पिरतीमा यो मन पगालेर आए’ प्रमोदको स्वरमा ‘शिशिरमा प्रिति फूल फूल्नै गाह्रो भो’ जस्ता गीत छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु