• गायक कमल र पत्रकार पारससँगै ‘भाइरल गायिका अन्जु’ एउटै मञ्चमा सम्मानित

    म्यूजिक खबर
    प्रकाशित: २८ माघ २०८०, आईतवार

    काठमाडौँ । दैलेखकी भाइरल गायिका अन्जु विश्वकर्मा काठमाडौँमा सम्मानित भएकी छिन् । दैलेख समाज काठमाडौँले डोरी बाटेर बोलको हिट गीतकी गायिका विश्वकर्मासहित उनलाई काठमाडौँ ल्याएका पत्रकार पारस भट्टराई सम्मान गरेको हो ।

    अन्जुले छोटो समयमा नै कमाएको चर्चासँगै उनको शालीनताको पनि कार्यक्रममा चर्चा गरिएको थियो । सो अवसरमा अन्जु र कमल बिसी माल्दाई लगायतका कलाकारहरुलाई सम्मान गरिएको थियो । सँगसँगै अन्जुका दाईलाई पनि सम्मान गरिएको थियो ।

    अन्जुका दाईले पनि बहिनीसँग गीत रेकर्ड गराएका छन् । जुन गीतको अहिले सर्वत्र चर्चा चुलीएको छ । भाइरल अन्जुका दाई ज्यामी काम गर्दै परिवार पाल्दै आएका छन् । उनले घरमा भारी बोकेर, इट्टा बोकेर परिवार पाल्दै आएकोमा अहिले भने उनका दाई पनि पनि गीत गाउनमा व्यस्त छन् ।

    गायिका अन्जुले यसअघि डोरी बाटेर , बामरी बसायो, लगायत यो समाचार तयार पार्दासम्म २ दर्जन बढी गीतमा स्वर भरिसकेकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु