• अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा वफोवनको गीत

    म्यूजिक खबर
    प्रकाशित: १९ बैशाख २०८१, बुधबार

    काठमाडौं । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON) ले श्रमिक सम्बन्धी गीत सार्वजनिक गरेको छ । मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिकहरुले गीतमार्फत श्रमिकका हक अधिकारका बारेमा गीतमार्फत् उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा तयार पारिएको उक्त गीत महिलाका निम्ति महिला मञ्च नेपाल’को युट्युब च्यानल वुफोवन (WOFOWON) मा सार्वजनिक गरिएको छ । गीतमा कलाकारहरु तारा थापा, देवी आले, रत्न श्रेष्ठ, शर्मिला वि।सी, टेकराज भण्डारी, यशोदा केसी, अञ्जान कार्की, टंक रेउले, दिलु बिसी, देवी कुमारी बस्नेत, सागर बिसी, शान्ति घर्ती, रमिला बुढामगर लगायतको स्वर रहेको छ ।

    अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमिकहरुको आवाज बुलन्द बनाउन गीत–संगीतलाई माध्यम बनाएको महिलाको निम्ति महिला मञ्च नेपाल कार्यकारी निर्देशक पुनले बताइन् । महिलाको निम्ति महिला मञ्च नेपाल अन्र्तगतको ‘साँस्कृतिक अभियान समूह’को सक्रियतामा उक्त श्रव्य दृश्य निर्माण गरेको हो । उक्त भिडियोमा मनोरञ्जन क्षेत्रका श्रमिकका पीडा लोक तथा दोहोरी गीतमार्फत् प्रस्तुत गरिएको छ । मनोरञ्जन क्षेत्रलाई हिंसा, शोषण रहित, सुरक्षित, सम्मानित र व्यवस्थित कार्यस्थलको रुपमा स्थापित गर्न र श्रमिकको मान्यता पहिचान स्थापित गर्नका लागि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउनका लागि भिडियोले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्देशक पुनले बताइन् ।

    मजदुरहरुको हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरण गर्दै महिलाको निम्ति महिला मञ्चका कार्यकारी निर्देशक पुनले सम्पुर्ण मजदुर तथा श्रमजीवी वर्गमा शुभकामना व्यक्त गरेकी छन् । नेपाल तथा विश्वभरका मजदुरहरुले आफ्नो श्रम अधिकार, श्रमको सुरक्षा, सम्मान र पहिचानका लागि आवाज उठाउने दिन भएको पुनले बताइन् । नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा राखिएको कुरामा कार्यकारी निर्देशक पुनले सरोकारवालाको ध्यानाकर्षण गराएकी छन् ।

    महिलाको निम्ति महिला मञ्च नेपाल मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहोरी साँझ, क्याबिन रेस्टुरेण्ट, खाजाघर तथा स्पा÷मसाज पार्लर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा काठमाण्डौं जिल्ला प्रशासनमा विधिवत रुपमा (मिति २०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथा सुनिश्चिताको लागि अभियानरत छ । महिला श्रमिकहरुको कामको सम्मान साथै कार्यरत क्षेत्रमा हिंसामुक्त, सुरक्षित र मर्यादित काम गर्ने वातावरण हुनु पर्दछ भन्ने उद्देश्य र मान्यताका साथ आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु