• भड्किलो दोहोरीको भीडमा समय सान्दर्भिक विषयमा कलाकारको आवाज (प्रत्यक्ष दोहोरी)

    म्यूजिक खबर
    प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार

    काठमाडौं । प्रत्यक्ष दोहोरी गीत भन्ने बितिकै सुसंस्कृत हुनैपर्छ, मौलिकता झल्किनै पर्छ । यो आम बुझाई हो र सत्य हो । तथापी आधुनिकता नाममा पछिल्लो समय प्रत्यक्ष दोहोरीमा भड्किलो प्रदर्शन भइरहेको छ । सामाजिक सदभावमा खलल पु¥याउने, अभद्र, द्विअर्थी, र अपाच्य किसिमका भड्किलो दोहोरी गीतहरु सार्वजनिक भइरहेका छन् । दोहोरीको मर्म विपरित ‘डलर’को लोभमा र सस्तो लोकप्रियता कमाउन खोजेको भन्दै व्यापक आलोचना पनि भइरहेको छ । बजारमा थरीथरीका गीतहरु सार्वजनिक भइरहेका छन् । तथापी यस्ता बिकृती जन्य गीतहरुको भ्यूज भने बढेको बढै छ । दोहोरी गीतको न मर्म, न त प्रस्तुति नै । त्यस्तै गीतले मिलियन भ्यूज क्रस गरेका छन् ।

    यहि बजारमा समय सन्दर्भ मिलाएर गाइएका गीत पनि सार्वजनिक हुन्छन् । यस्तै गणतन्त्रको अवसर पारेर ‘व्यवस्था बदल्न महिलाको योगदान विषयमा’ प्रत्यक्ष दोहोरीको भिडियो सार्वजनिक भएको छ । महिलाको निम्ति महिला मञ्च नेपालद्वारा आयोजित तथा यूएनडिइएफ फन्डको सहयोगमा ‘सांस्कृतिक अभियानद्वारा आमसचेतिकरण’ कार्यक्रमको नयाँ शृंखलामा यो विषयलाई उठान गरिएको हो ।

    नारी बिना सृष्टि नै रित्तो !
    चाहियो अब महिलाको नेतृत्व !!

    यी टुक्काहरुद्वारा् कार्यक्रममा अतिथी भएर आएकी बरिष्ठ गायिका शर्मिला गुरुङले गीतको उठान गरेकी छन् । त्यस पश्चात ‘महिलाका निम्ति महिला मञ्च नेपाल’को सांस्कृतिक अभियानमा सहभागी कलाकारहरुले समय सान्दर्भिक रुपमा महिलाको योगदान र उपलब्धीलाई गीत मार्फत भनेका छन् । गीतमा नेपाली राजनीति इतिहासमा महिलाको सहभागीता र सक्रियतालाई पुरुषप्रधानवादी परम्पराले महिलालाई व्यावहारिक रूपमा विभेद गरिरहेको आभास भइरहेको उल्लेख गरिएको छ । कलाकारहरुले सहाना प्रधान, योगमाया न्यौपाने, गौरीकला बिक जस्ता योद्धाहरुलाई स्मरण गरेका छन् । महिलाहरुको अधिकारका लागि सबै महिलाले सांगठनिक हुनु पर्ने जोड दिएका छन् । महिलाहरु स्वभावैले इमान्दार हुने भएकाले महिला नेतृत्वमा पुगे भ्रष्ट्राचार समेत घट्ने विश्वास समेत कलाकारहरुले गरेका छन् ।

    जिम्मेवारी नारीको केसमा …!
    भ्रष्ट्राचारी कम हुन्थ्यो देशमा !!

    कार्यक्रमकी प्रमुख अतिथी बनेकी गायिका गुरुङको यहि टुक्काबाट दोहोरी समापन भएको छ । गायिका गुरुङल माया प्रिती भन्दा भिन्न शैलीमा गीत गाउन पाएकोमा खुशी व्यक्त गरिन् । उनले जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू राज्यको हरेक सुविधा र अवसरहरूबाट टाढा छन् । पितृसत्तात्मक संरचनाबाट बाहिर निस्कन महिला दिदीबहिनीलाई आव्हान गर्दै ‘महिलाको निम्ति महिला मञ्च नेपाल’ यस अभियानका लागि आफूबाट सदैब साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।
    प्रस्तुत प्रत्यक्ष दोहोरीमा लक्ष्मण गुरुङले तयार पारेको भाका ‘मिर्मिरेमा भाले बासेको’ लाई प्रयोग गरिएको थियो । यशोदा केसी, श्याम राना, तारा थापा, रत्न श्रेष्ठ, देबी आले, शर्मीला बिसी, टेकराज भण्डारी, दिलु बिसी, रत्न श्रेष्ठ शान्ति घर्ति रमिला बुढा मगर, धिरेन्द्र कोइराला लगायतका गायक गायिका प्रत्यक्ष दोहोरीमा सहभागी भएका थिए भने बाद्यवादनमा युंका लाइभ स्टुडियोका समूह प्रस्तुत भएका थिए । ‘मिर्मिरेमा भाले बासेको’ अफिसियल गीतमा श्याम गुरुङ र शर्मिला गुरुङको स्वर रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु