• महिलाको निम्ति महिला मञ्चको आयोजनामा ‘असंगठित क्षेत्रमा कार्यरत श्रमिकका लागि कार्यशाला’

    म्यूजिक खबर
    प्रकाशित: २ असार २०८१, शनिबार

    काठमाडौं । महिलाको निम्ति महिला मञ्च नेपालको आयोजनामा ‘असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुको सवाल, चुनौती र आगामी नीति सिफारिस निर्माण सम्बन्धि कार्यशाला’ सम्पन्न भएको छ । ‘हाम्रो ऐक्यबद्धता,असंगठित क्षेत्रका श्रमिकको अधिकार स्थापित गर्नु आजको आवश्यकता’ भन्ने मुल नाराका साथ यहि जेठ ३२ गते जिल्ला समन्वय समितिको सभाहलमा कार्यशाला भएको हो ।

    कार्यक्रममा असंगठित क्षेत्रमा कार्यरत १८ भन्दा बढी संघसंस्थाको प्रत्यक्ष सहभागिता रहेको थियो । कार्यक्रममा महिलाको निम्ति महिला मञ्च नेपालकी कार्यक्रम अधिकृत मनिला शाक्यले सन् २०२३ मा तिनशहरी क्षेत्र काठमाण्डौं, ईटहरी र पोखरामा सम्पन्नमनोरन्जन क्षेत्रमाकार्यरत महिलाश्रमिकहरुको सामाजिकआर्थिकअवस्थाविषयमा गरिएको सर्वेक्षणको निष्कर्ष संगै श्रमिकसंग सम्बन्धितकानुनकार्यन्वयनको अवस्थालाई विश्लेषणात्मक रुपमा प्रस्तुत गरेकी थिइन् ।

    यसैगरी नेपालमहिलाएकता समाजकीकार्यकारी निर्देशक भगवती अधिकारीले २०८१ जेठ ८ गते सम्पन्न भएको महिला ईजलासको निर्णायककर्ताबाट प्राप्त फैसलाको विषयमा प्रस्तुतीकरण गरेकी थिइन् । त्यस्तै महिला पुर्नस्थापना केन्द्रकि कमला पोख्रेलले गत आर्थिक वर्षमा अभिलिखित श्रमिक हिंसासंग सम्बन्धित तथ्यांकको विश्लेषणात्मक प्रस्तुतीकरण गरेकी थिइन् ।

    प्रस्तुत भएका तिनैवटा प्रस्तुतीकरणले श्रमिकको श्रम अधिकार सुनिश्चितानभएको , स्थानिय तहमा श्रम डेस्क स्थापना हुनुपर्ने, प्रभावकारी श्रम लेखापरिक्षण हुनुपर्ने,एकद्धार नीतिबन्नुपर्ने, श्रम ऐनको प्रभावकारी कार्यन्वयनहुनुपर्ने ,श्रमिकको सामाजिक सुरक्षाकोषमा आवद्धता गर्नुपर्ने कुरालाई विशेष जोड दिएको थियो ।

    कार्यशालामा उठेका सवाल, निष्कर्ष र सिफारिसको आधारमा वृहतछलफल गरी असंगठित क्षेत्रमाकार्यरत श्रमिकको पहिचान, सम्मान र सुरक्षा, सुरक्षित र मर्यादित कार्यस्थल सुनिश्चितता र न्यायमापँहुच बृद्धिको लागि यस क्षेत्रमाकार्यरत संघसंस्थाहरु ऐक्यवद्ध भई सहभागि संस्थाहरुको सामुहिक निर्णयबाट अधिकार र पहिचानको लागिअभियाननामक संजाल गठनभएको थियो ।

    कार्यक्रमको संचालन महिलाको निम्ति महिला मञ्चको कार्यक्रम संयोजक सरिता थापाले गरेकी थिइन् । उनले कार्यशालाको मुख्य उद्धेश्य असगंठित क्षेत्रमा कार्यरत श्रमिकहरुको श्रम अधिकारको लागिकार्यरत संघ संस्थाहरूसँग सम्बन्ध मजबुत बनाइ स्वस्फूर्त रुपमा संगठित भई समन्वय, सहकार्य, समझदारी र निरन्तर सुधारको लागि बातावरण निर्माण गर्नु परेको बताइन् । थापाले श्रमिकको अधिकार स्थापित गर्ने वर्तमान कानुन, सामाजिक सुरक्षा तथाश्रम ऐन कार्यन्वयनकालागि र आवश्यकताअनुसार नीति परिमार्जन वा नयाँ नीति निर्माणको लागि राज्यलाई उत्तरदायि बनाउन तथ्यगत पैरवीपहल, दवावतथा बहस गर्न साथै संस्थाहरू बीच ऐक्यबद्धता र साझा समझदारीको वाताबरण सिर्जना गर्नु रहेको बताइन् ।

    उक्त संजालको संयोजक महिलाको निम्ति महिला मञ्च र सदस्यहरुमा कार्यशालामा उपस्थित संस्थाहरु क्रमशःमहिलामानवअधिकाररक्षकहरुकोराष्ट्रियसंजाल, महिलापुर्नस्थापना केन्द्र, तरंगिनी फाउन्डेसन, छोरी, विश्वास नेपाल, सुनिता फाउन्डेसन, शक्ति समूह, साथी, चेन्जएक्सन नेपाल, शक्तिमिलन समाज, भ्वाइसअफ चिल्ड्रेल, स्वासा, शुभअवसरग्राम नेपाल ,महिलाएकता समाज र लैंगिक हिंसा नियन्त्रण संजाल रहेका छन् ।

    कार्यक्रममाविशेष कारणवश अनुपस्थितभएका संस्थाहरुलाई संजालमा सदस्य संस्थाहरुको रुपमा जोड्दै लैजान सकिने कुरा र उक्त संजालको सचिवालयमहिलाको निम्तिमहिलामञ्च नेपालमा रहने निर्णय कायशालाले गरेको थियो ।
    संजालले विषय र सवालको प्राथमिकताको आधारमा आगामीकार्यक्रमतथा योजनातर्जुमा गरि निरन्तर रुपमा अघि बढाउनेनिर्णय गरेको छ । कार्यक्रमको सहजीकरण अधिवक्ता दल बहादुर धामीले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु