‘महिला मादल वादन प्रतियोगिता’को प्रंशसा, सुशीला, सुकिमाया र रीता बने पहिलो, दोस्रो र तेस्रो

म्यूजिक खबर
प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार

काठमाडौं । नेपालमै पहिलोपटक ‘राष्ट्रिय महिला मादल वादन प्रतियोगिता’ भव्य रुपमा सम्पन्न भएको छ । राजधानीको जमल स्थीत सांस्कृतिक संस्थानको हलमा यहि वैशाख २७ गते कार्यक्रम सम्पन्न भएको हो । ‘नारीको कला, नारीको सान’ भन्ने मूल नारा सहित कर्णाली कलाकार प्रतिष्ठान, को आयोजनामा भएको कार्यक्रम पश्चात ‘नेपाली महिलाहरूको अन्तरनिहित प्रतिभाको उजागर गर्नुका साथै मौलिक बाजा मादलको संरक्षण र विकास गर्नका लागि ठूलो भूमिका खेलको’ भन्दै विशिष्ट संगीतकर्मी, संगीतअनुरागी सबैले कार्यक्रमको पक्षमा प्रशंसा गरेका छन् ।
विशेषतः कर्णाली कलाकार प्रतिष्ठानकी अध्यक्ष टिका पुनलाई सबैले धन्यवाद सहित तारिफ गरेका छन् । विशिष्ट संगीत साधक नारायण रायमाझी, इन्द्रेणी समाजका अध्यक्ष एवं गायक कृष्ण कँडेल, बरिष्ठ गायिका शर्मिला गुरुङ, राधिका हमाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम संगीत व्यवसायी उज्वल जंग ठकुरी, कलाकार नन्दा बस्याल लगायतले टिकाको टिमलाई प्रशंसा गर्दै धन्यवाद दिरहेका थिए ।
कार्यक्रममा खचाखच दर्शक थिए । कार्यक्रम अवधीभर सबै रमाएका देखिन्थे । र, सबैले कार्यक्रमको प्रंशसा गरिरहेका थिए ।

कार्यक्रममा २७ प्रतिस्पर्धीले स्पर्धा गरेका थिए । जसमा सल्यानकी सुशीला बुढा मगर प्रथम भइन् । त्यस्तै काभ्रेपलान्चोककी सुकिमाया मोक्तान दोस्रो र दाङकी रीता बुढाथोकी तेस्रो भए । तीनै बिजेताले पुरस्कार क्रमशः ५५ हजार, ३५ हजार, २५ हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र समेत हात पारे । सुर्खेत की बिमला गिरी सान्त्वना हुन सफल भइन् ।
१९ वर्ष देखि ७१ वर्षसम्मका प्रतिस्पर्धीले मादल मात्रै बजाएनन्, सबैलाई आफूतिरै झूमाएका थिए । कार्यक्रममा ७१ बर्षिय कोलि कुमारी कुँवरलाई बिशेष प्रतिभा सम्मान, देब कुमारी देबकोटालाई पब्लिक च्वाईस सम्मान र जस्मिन कपालीलाई युवा प्रतिभा सम्मानद्धारा सम्मान गरिएको थियो । अन्तिम स्पर्धाका लागि छानिएका २७ प्रतियोगी- अलिशा डङ्गोल (ललितपुर), इन्द्रा विक (सल्यान), कमला घर्तीमगर (रोल्पा), कोली कुमारी कुँबर (गुल्मी), गीता बुढामगर (रुकुम), जश्मिन कमाली (काठमाडौँ), देव कुमारी देवकोटा (रुकुम), दिलु बिसी (दाङ), धनमाया पुन मगर (रुकुम), बुद्धिसरा सुनार (सुर्खेत), बिना दुलाल (निजगढ), बिमला गिरी (सुर्खेत), बिमला खड्का (रोल्पा), मञ्नु चौधरी (राप्ती), यसोदा शर्मा (सल्यान), रीता बुढाथोकी (दाङ), लक्ष्मी नेपाली (श्याङ्जा), लक्ष्मी राना (धनगढी), सुकिमाया मोक्तान (काभ्रे), सिताकुमार दुङ्च्याङ (बारा), ललिता पुन (रुकुम पश्चिम), सुसिला पुन मगर सल्यान, हरिकाल लम्साल (गुल्मी), हिरारोक्का मगर (वीरेन्द्र नगर)लगायत रहेका थिए ।

प्रतियोगितामा वरिष्ठ मादल बादक खड्ग बुढा मगर निर्णायक संयोजक रहेका थिए भने वरिष्ठ कलाकार प्रेमदेब गिरी, बाध्यसम्राट न्हुक्ष बहादुर डंगोल, वरिष्ठ तबला बादक सरिता मिश्र आदी निर्णायकको रुपमा रहेका थिए । “राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” मा राष्ट्रिय नारी सम्मानद्धारा वरिष्ठ तबला बादक एबं पद्मकन्या क्याम्पसकी तवला बादक सुमित्रा श्रेष्ठ, सामाजिक अभिन्यता कुशल नेतृ साबित्रा अधिकारी, सुरुवात देखि हाल सम्म निरन्तरता दिदै आएकी दोहोरी साँझ गायिका बाला पुन गरी ३ जनालाई ११,५५५ रुपैयाका दरले नगद सहित सम्मान गरिएको थियो । “राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” मा १९ बर्ष देखि ७१ बर्ष सम्मको उमेर समुहका महिलाहरुले भाग लिएका थिए ।

“राष्ट्रिय महिला मादल वादन प्रतियोगीता – २०८१” मा प्रतियोगी संयोजक एबं निर्णायक संयोजकको रुपमा बरिष्ठ मादल बादक खड्ग बुढा मगर रहेका थिए भने कार्यक्रमको संयोजकको रुपमा प्राज्ञ टिका पुन र मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु