काठमाडौं । भ्वाइस अफ नेपाल सिजन –१ की क्वार्टर फाइनलिस्ट गायिका आश्रा कुँवर र उनको ब्यान्ड “आश्रा कुँवर एण्ड प्यारावल्स ब्यान्ड” ले यस बर्ष २०२२ जनवरीमा बिश्व म्यूजिकल थिएटर इजिप्टमा (World Musical Theater, Sharm El sheikh, Egypt, 2022) नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।
उक्त साङ्गीतिक कार्यक्रममा विभिन्न तीस भन्दा बढी देशको प्रतिनिधित्व गर्दै आएका संगीतकर्मीले आआफ्नो सांगीतिक कोशेली प्रस्तुति दिनेछन् भने कार्यक्रमको शोभा बढाउन इजिप्टमा प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहनेछ।
यसै क्रममा नेपाल र नेपालीहरु को प्रतिनिधित्व गर्दै आफु र आफ्नो ब्यान्डले सहभागिता जनाउन पाउँदा आफूलाई ज्यादै हर्षित हुनुको साथै आफूलाई अझ बढि जिम्मेवारी थपिएको महसुस गरेको बताइन्।
बिश्व म्यूजिकल थिएटर इजिप्टमा आश्रा कुँवर र उनको ब्यान्डको सहभागिताले नेपालको गीतसंगीत ,कला र संस्कृति विश्वले अझै नजिकबाट चिन्न सक्नेछ त्यस्तै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण सहयोग पुग्नेछ।