‘नाचेर विश्व किर्तीमान’ कायम गर्न सफल भइन् नेपाली चेली बन्दना नेपाल ! तोडिन् भारतीय नागरिकले बनाएको रेकर्ड

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०७५, बुधबार

काठमाडौं । संसारको सबैभन्दा लामो समय ‘नाचेर विश्व किर्तीमान’ बनाउन सफल भएकी छिन् नेपाली चेली बन्दना नेपालले । सन् २०१६ मा भारतको केरेलाकी एक जना महिलाले सबै भन्दा लामो समय १२३ घण्टा नाचेर कायम गरेको रेकर्डलाई तोड्दै यो समाचार बनाउँदाको समय सम्ममा बन्दनाले १२५ घण्टा नाचिसकेकी छन् ।

शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार १२ बजेर १६ मिनेटमा नै पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् ।

काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य अहिले पनि जारी छ । उनलाई हौसला दिनका लागि नेता तथा कलाकार तथा सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिती रहने गरेको छ ।

हौसलाकै लागि अर्का सबैभन्दा बढी बोलर गिनीज बुकमा नाम लेखाउन सफल विश्व किर्तीमानी रबि लामिछाने पनि पुगेका थिए । त्यस्तै चर्चित कलाकार शंकर बिसीले पनि उनलाई नाचेर साथ दिएका थिए ।

बन्दनालाई हौसला दिन उनका चेलाचेली पनि कार्यक्रमस्थलमा आएर पालैपालो नाच्ने गरेका छन् । त्यहाँ पुगेको जोकोही अतिथिले पनि प्रेक्षालयमा नृत्य गरिरहँदा बन्दनाको हौसला बढेको छ । आफ्नो हौसला निरन्तर बढाउन बन्दनाले पनि अनुरोध गरेकी छन् ।

गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भएपनि उनले आज साँझ ५ बजेसम्म नृत्य गर्ने लक्ष्य राखेकी छन् ।

बन्दनाले १२६ घण्टा लगातार नृत्य गरेर कलामण्डलमको रेकर्ड तोड्ने लक्ष्य राखेकी छन्। नृत्य स्थलमा ६० वटा नेपाली गीत निरन्तर बज्ने गरेको छ।

गिनिज बुकको नियमअनुसार बन्दनाले हरेक घण्टा ५ मिनेटको समय शौचालय र पानी पिउनका लागि पाउने गरेकी थिइन् । त्यही अत्यन्तै छोटो समयमा उनले खाने, पिउने, आराम गर्ने शौचायल जाने गरिन् ।
महालक्ष्मी नगरपालिका–९ धनकुटाकी बन्दना अहिले काठमाडौंको चेल्सी स्कुलमा कक्षा १२ मा पढ्दै छिन्।

महालक्ष्मी नगरपालिका–९ धनकुटाकी बन्दना अहिले काठमाडौंको चेल्सी स्कुलमा १२ कक्षा पढ्दै छिन् । बुबा राम नेपालका अनुसार उनी बाल्यकालदेखि नै नृत्य भन्ने बितिक्कै हुरुक्क हुन्थिन् ।

बन्दनाले सय घण्टा निरन्तर नाचेर यो अभ्यास पूरा गरेपछि विश्व रेकर्डको अभियानमा उत्रिएकी हुन् ।’

बन्दनाले काठमाडौंको नारायणस्थानमा नृत्य प्रशिक्षण ‘केन्द्र बी एन्ड बी कल्चर सेन्टर’ पनि सञ्चालन गर्दै आएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु